2083 श्रावण 24, आईतबार

'१२ गाउँ'को फर्स्टलुक पोस्टरमा समिरको एङ्री लुक्स 

चलचित्र '१२ गाउँ'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने चलचित्र लाई अभिनेता विराज भट्टले निर्देशन गरेका हुन् । उक्त चलचित्रबाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेव्यु गर्दैछन् ।

स्मिताको 'ज्यानमाया' मा प्रियंका, सरोज र कविता (भिडियो)

गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'ज्यानमाया' बोलको गीतमा दिपक शर्माको संगीत र नवराज ढुंगानाको शब्द रहेको छ।

चलचित्र 'माइली'मा प्रियंकाको यस्तो लुक्स 

प्रियंकाको पोस्टर लुक सार्वजनिक गर्दै चलचित्र 'माइली'को घोषणा गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो । 

'घर ज्वाइँ' ट्रेलरमा उत्साहजनक प्रतिक्रिया  

सार्वजनिक ट्रेलरको कमेन्टमा दर्शकले रुकुमलाई निकै राम्रो सङ्ग प्रस्तुत गरिएको, कथावस्तु निकै अर्ग्यानिक भएको, दया मिरुनाको जोडी निकै राम्रो देखिएको लगायतका धेरै उत्साहजनक प्रतिक्रिया दिएका छन् । 

वर्षालाई केन्द्रमा राखेर 'मोदीबेनी'को पोस्टर सार्वजनिक

अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर चलचित्र 'मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ।

चलचित्र 'ईश्वर'को गीत 'डुब्दै डुब्दै' सार्वजनिक

चलचित्र 'ईश्वर'को गीत 'डुब्दै डुब्दै थिएँ म' सार्वजनिक भएको छ । सार्वजनिक गीत मा कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको छ भने भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

'खुस्मा' पोस्टरमा झल्किएको धिरज र उपासनाको प्रेम  

चलचित्र 'खुस्मा'को २ नयाँ प्रचार पोस्टर सार्वजनिक गरिएको छ। असोज ३ गते रिलिज हुने चलचित्र 'खुस्मा'लाई अशोक थापा मगरले लेखन तथा निर्देशन गरेका हुन् । 

दयाहाङ मिरुनाको 'घरज्वाइँ'को नयाँ गीत 'बिन्जुरी' 

दयाहाङ राई र मिरुना मगर अभिनीत 'घरज्वाइँ'ले नयाँ गीत 'बिन्जुरी' रिलिज भएको छ। गीतमा एसडी योगीको सङ्गीत र राम अविरल बिष्टको शब्द तथा सङ्गीतकार योगीको स्वर रहेको छ। 

फ्राईडे रिलिजमा 'दान्भी' र 'आचार्य'  

आज शुक्रवार दुई नेपाली चलचित्रहरू 'दान्भी' र 'आचार्य' प्रदर्शनमा आएका छन् । 'दान्भी' रुपेश तामाङ निर्देशित चलचित्र हो भने र 'आचार्य'लाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन्। 

'लण्डन टु पेरिस'को 'हतारले' सार्वजनिक 

चलचित्र 'लण्डन टु पेरिस'को नयाँ गीत 'हतारले' रिलिज गरिएको छ । युट्युबमा रिलिज उक्त गीतमा चलचित्रका चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् ।