भजन शिरोमणि भक्तराज आचार्यकोको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ रि-रिलिज हुने भएको छ । आगामी असार ७ गते चलचित्रलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ ।
चलचित्र ‘बोक्सीको घर’ले १० करोड ग्रस कलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको चलचित्रले गत शुक्रबारसम्म तीन हप्तामा १० करोडभन्दा माथि ग्रस कलेक्सन गरेको वितरक प्रचण्डमान श्रेष्ठले बताएका छन् ।
जेठ २५ गते रिलिजका लागी तम्तयार चलचित्र 'लण्डन टु पेरिस'को दोस्रो गीत 'चाहन्छु यो माया' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगीको सङ्गीत तथा राम अविरल बिस्टको शब्द रचना अनि सङ्गीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ ।
असारको ७ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीतमा मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् ।
आगामी जेठ १० देखि २७ गतेसम्म कुञ्ज नाटक घरमा नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा यो नाटक मञ्चन गर्न लागिएको हो ।
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपूत र मुकुन भुसाल पछि थप ३ कलाकार जोडिएका छन् । अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गरेको हो ।
चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिएकी अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘पुजार सार्की’बाट पूर्ण भूमिकामा देखिँदै छिन्।
‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गतेदेखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ ।
अम्बिका गुरुङको शब्द रचना र शंकर थापा 'स्माइल'को कर्णप्रिय सङ्गीतमा तयार 'तस्बिर'गीतमा स्माइल दासको स्वर रहेको छ । गीतलाई याकुब तामाङले एरेन्ज गरेका हुन् ।
जेठ १० गते रिलिज हुने चलचित्र 'पुजार सार्की’को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक गरिएको छ।