2083 अश्विन 16, शुक्रबार

 गायक सुगम पोखरेलले ल्याए नयाँ गीत 'ताली ठोकौँला' (भिडियो)

नेपाली पप दुनियाका प्रख्यात गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । 'ताली ठोकौँला' बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ ।

अब सलमानको कन्सर्ट वैशाखमा हुने 

बलिउड अभिनेता सलमान खानको ‘दबंग द टूर नेपाल’ अब वैशाखको पहिलो साता हुने भएको छ । यही फागुन २६ गते आयोजना हुन लागेको कार्यक्रम अब वैशाखमा पुगेको हो । आयोजक ओडिसी इन्टरटेनमेन्टले आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै कार्यक्रम वैशाखमा हुने जनाएको छ । 

जाउलाखेलमा गुन्जिए भारतीय चर्चित ब्याण्ड 'सनम', गाए नेपाली गीत पनि

बलिउडको चर्चित ब्यान्ड ‘सनम’को कन्सर्ट सम्पन्न भएको छ । युट्युबमा दर्जन बढी बलिउड गीतहरू गाएर चर्चित बनेको यो ब्यान्डले जाउलाखेल ग्राउन्डमा आफ्नो प्रस्तुति दिएको हो । 'सनम लाईभ नेपाल' नाम दिइएको उक्त कार्यक्रम तीन बजेबाट सुरु भएर साँझ ७ बजे सकिएको हो । कार्यक्रममा भारतीय चर्चित ब्याण्ड 'सनम'ले 1974 AD को 'परेलीमा' बोलको नेपाली गीत समेत प्रस्तुत गरेका थिए ।

फ्राइडे रिलिजमा तीन नेपाली ,एक हिन्दी चलचित्र हल-हलमा

आज शुक्रवार सिनेमाघरमा तीन नेपाली चलचित्र ‘नाका’, ‘ब्लाइन्ड रक्स’ र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ र बलिउडमा अनुष्का शर्माको ‘परी’ रिलिज भएको छ ।

अनमोल देखी पल–आँचलसम्म कलाकारको रमाइलो होली (फोटो फिचर) 

काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा बिहीबार रंगहरुको पर्व होली उल्लासका साथ मनाइयो भने आज शुक्रवार तराईमा होली मनाइदैछ । बिहीबार राजधानीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै आम नागरिक देखि सेलिब्रेटीले होली मनाएका छन् ।

१० लाख बढीको सेटमा हुदैँछ ‘जय शम्भु’को एक्शन 

केही दिन अघिमात्र राजधानीमा औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘जय शम्भु’को छायाङ्कन सुरु भएको छ। चलचित्र विकास कम्पनी बालाजुमा चलचित्रको धमाधम सुटिङ भइरहेको छ।

सुस्मिता आफ्नौ छोरा अनमोललाई लेख्छिन् ‘सत्यनास..’

अभिनेत्रीको साथै निर्मात्री समेत रहेकी सुस्मिता केसी बेलाबखत फेसबुकमा लेख्ने स्टाटसका कारण विवादमा आइरहेकी हुन्छिन् ।

सर्‍यो सलमान खानको नेपाल कन्सर्ट !

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम पोसपोण्ड भएको छ । फागुन २६ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको ‘दबंग द टूर’ नामक कार्यक्रमको लागी सलमान नेपाल आउने लागेका थिए ।

महामुर्ख सम्मेलनमा ’भोर’ पोस्टर सार्वजनिक, रिलिज मिति घोषणा

रंगिन पर्व फागु पुर्णिमा ’होली’ को अबसर पारेर फिल्म ’भोर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले पोस्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गर्यो । फिल्म आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

वैशाखमा खगेन्द्रको ‘डमरुको डण्डीबियो’

अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’को रिलिज मिति तय गरिएको छ । निर्माण पक्षको अनुसार चलचित्र नयाँ वर्ष वैशाख २१ गतेबाट रिलिज हुने भएको छ ।