बलिउड अभिनेता इरफान खान ब्रेन ट्युमरको सिकार भएका छन् । ग्लियोब्लास्टोमा नाम रहेको उक्त ट्युमर ज्यानमारा क्यानसर रहेको इरफान खानका चिकित्सकले बताएका छन् ।
आज शुक्रवार सिनेमा हलमा एकसाथ तीन नेपाली चलचित्र मंगलम, हुर्रे र गाजाँबाजा प्रदर्शनमा आएका छन् । जसमा बाघ निर्माता बनेर परिचित छविराज ओझाको निर्माण रहेको चलचित्र ‘मंगलम’ रहेको छ । मंगलमलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल, पष्प खड्का, पृथ्वीराज प्रसाई, निर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र ‘भैरे’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतमा चलचित्रका कलाकारहरू वर्षा सिवाकोटी, बुद्धि तामाङ र बिक्रान्त बस्नेतले कम्मर मर्काएका छन् ।
चलचित्र ‘द ब्रेकअप’को अफिसियल निर्माण घोषणा भएको छ । केही महिना अघि नै निर्माण तयारीमा लागेको चलचित्र युनिटले शुक्रवार काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरेको हो ।
गीतको शब्दलाई गायक स्वयम् आफैले रचना गरेका हुन् । अभिनेता पल शाह र क्रिश्टीना थापाको अभिनय रहेको गीतमा पवन सिम्खडाको छायाङ्कन रहेको छ । श्याम कुँवरको सम्पादन रहेको गीतलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् ।
चलचित्र 'ब्ल्याक'ले आफ्नो पहिलो प्रचार सामाग्री सार्बजनिक गर्दै आफ्नो प्रचारप्रसारको यात्रा सुरु गरेको छ । पहिलो कोसेली स्वरूप चलचित्रको भिडियो गीत सार्बजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको 'चङ्गा जस्तै' बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
मल्टिस्टारर चलचित्र 'शत्रु गते' यति बेला आफ्नो प्रचारप्रसारको क्रममा रहेको छ । चलचित्रको गीत संगीत र ट्रेलरले दर्शक माझ आफ्नो राम्रो छाप प्रस्तुत गरिसकेको छ । चलचित्रको प्रचार सामाग्रीले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलीरहेको र अझ थप त्यसमा दर्शकको चासो बढोस् भन्ने हेतुले पनि मोफसल यात्रा तय गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण केसीले बताए ।
पुरुष सौन्दर्य प्रतियोगिता 'मिस्टर इन्टरनेसनल'मा पहिलोपटक नेपालले सहभागिता जनाउने भएको छ । नेपालको लागि बिराटनगरका साजिद अलामले प्रतिनिधित्व गर्ने भएका हुन् । उनी 'मिस्टर इन्टरनेसनल २०१८'का शीर्ष विजेता हुन् भने 'म्यान हन्ट नेपाल २०१८'का सेकेन्ड रनर अप हुन् ।
नारायण कडरियाको आवाज रहेको 'जाम पारी पारी' बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । गीतमा गायक आफैले संगीत भरेका हुन् भने शब्द पनि उनैको रहेको छ । म्यूजिक भिडियो जिनियस म्युजिकको अफिसियल यु-ट्युब च्यानल मार्फत सोमबार सार्बजनिक गरिएको हो ।
२०१८ को बहुप्रतिक्षित चलचित्र ‘२.०’को दोस्रो मेकिङ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा फिल्ममा प्रयोग भएका भी.यफ.एक्सका दृश्यहरू समावेश गरिएको छ । ‘२.०’मा समाबेश भी.यफ.एक्सका दृश्यहरू हलिउडको भन्दा कम नरहेको र यसका लागि हलिउडबाट नै भी.यफ.एक्स आर्टिस्टहरुले नै काम गरिरहेका छन् ।