पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्र ‘फेरि–फेरि’को ८५ प्रतिशत छायाङ्कन सकिएको निर्माण पक्षले बताएको छ ।
बैशाख ७ गतेदेखी प्रदर्शनमा आउने चलचित्र ‘सुपर गोर्खे’को टे«लर सार्वजनिक भएको छ । नायिका ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको चलचित्रको ट्रेलरमा कमेडी संवाद र द्धन्द्धका दृश्यहरु समावेश छन् ।
चलचित्र चौका दाउ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको हो । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् ।
अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो गीत सार्वजनिक भएको छ ।
चर्चामा रहेको सिरिज ‘ट्वान्टी फस्ट लभ’ पुन कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । हाईस्कुल नामक सिरिजबाट चर्चा कमाएको समूहले ‘ट्वान्टी फस्ट लभ’ निर्माण गरेको थियो । युट्युबको साथ कान्तिपुर टेलिभिजनमा पनि प्रसारण हुने भनिएको सिरिजलाई पहिलो श्रृंखला प्रसारण भए कान्तिपुर टेलिभिजनले रोक लगाएको खबर बाहिरिएको थियो ।
पछिल्लो समय नायिका वर्षा सिवाकोटीको चलचित्र नगरीमा व्यस्तता बढ्दो छ । उनी अभिनित ‘भैरे’ प्रदर्शनको तयारीमा छ भने हाल उनी ‘जय शम्भु’को छायाङ्कनमा व्यस्त छिन् । हिजो बुधबारमात्र उनी ‘वीर विक्रम २’मा अनुबन्धित भएकी छिन् ।
चलचित्र ‘ए मेरो हजुर २’बाट रजतपटमा डेव्यु गरेका नायक सलिनमान बनियाँ नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । पहिलो चलचित्रबाट नै चर्चा बटुल्न सफल सलिनले केही समय चलचित्र नगर्ने भनेर बसेका थिए । यति बेला उनी निर्माता केशव भट्टराईको अनटाइटल चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको छ ।
कलाकारीताको, हास्य व्यंङ्ग्य क्षेत्रका चर्चित एवं सफल व्यक्तित्वहरू तथा पछिल्लो समयका सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस्’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई सम्मान गरिएको छ ।
केही समय अघिबाट सुरु भएको नयाँ सिरिज ‘ट्वान्टी फस्ट लभ’ प्रसारण गर्न कान्तिपुर टेलिभिजनले रोक लगाएको छ । चर्चित नृत्य समूह कार्टुन् क्रुज्का सरोज अधिकारी, आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको सिरिज मार्च १ गतेबाट कान्तिपुर टेलिभिजनमा प्रसारणमा आएको थियो । पहिलो श्रृंखला प्रसारण भएता पनि दोस्रो श्रृंखला भने टेलिभिजनमा आएन् ।
गत वर्षको सफल चलचित्र ‘वीर विक्रम’को सिक्वेलमा नायिका वर्षा सिवाकोटी फाइनल भएकी छिन् । हाल चलचित्र ‘जय शम्भु’को छायाङ्कनमा व्यस्त वर्षा सिनेपाटीसँग कुरा गर्दै आफू ‘वीर विक्रम २’मा अनुबन्धित भएको जानकारी दिइन् ।