अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्ममा समावेश ‘यो प्रीत’ बोलको गीत सार्वजनिक भएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सो गीतमा करिश्मा मानन्धर र मुकेश ढकालको अभिनय रहेको छ । । गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव झल्काइएको छ ।
अमेरिका बोइजको टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा अमेरिकाबाट आएका युवाको साथै पान, युवती लगायतका कुरालाई रमाइलो तरिकामा प्रस्तुत गरिस्एको छ ।
चलचित्र 'नाइँ नभन्नु ल ४' बाट रजतपटमा प्रवेश गरेकी नायिका आँचल शर्मा आज २१ औँ जन्मदिन मनाउदैछन् ।
सुदर्शन थापाको निर्देशनमा यति बेला धमाधम चलचित्र ‘रामकाहनी’को सुटिङ भइरहेको छ । पोखरामा छायाङ्कन सकाएर हाल काठमाडौँको विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्रमा पहिलो पटक नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले जोडी बाँधेका छन् ।
चलचित्र ‘चपली हाइट २’बाट एकसाथ रजतपटमा प्रवेश गरेका नायक आयुष्मान देशराज जोशी र परमिता राना पुनः एक पटक एकसाथ चलचित्रमा देखिने भएका छन् ।
पहिलो ‘नेपाल आइडल’ बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीत–गजल लिएर दर्शक तथा श्रोतामाझ आएका छन् ।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध कोहीसामु लुक्न सकेको छैन ।
दर्जनौँ म्युजिक भिडियोमा काम गरेर चलचित्रमा आफ्नो पहिचान बनाउन सफल नायिका हुन् –वर्षा राउत ।
नायिका आँचल शर्माले आफूले बेड सिन र किस दिनु परेमा चलचित्र नै नगर्ने बताएकी छिन् । आइतबार चलचित्र शत्रुगतेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले यसो बताएकी हुन् ।
आज शुक्रवार सिनेमाहलमा एक नेपाली चलचित्र र एक बलिउड चलचित्र रिलिज भएका छन् । जसमा नायिका निता ढुङ्गाना अभिनित पंचायत र बलिउड अभिनेता अजय देवगन अभिनित रेड रहेको छ ।