2083 अश्विन 17, शनिबार

‘लिलीबिली’ पछि प्रदिपको ‘सोलीडोली’

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लिलीबिली’ टिमले नयाँ चलचित्र ‘सोलीडोली’ निर्माण गर्ने भएका छन् । चलचित्रमा लिलीबिलीका नायक प्रदिप खड्का तय भएको बताइएको छ । प्रदिप हाल लिलीबिलीको प्रमोसनमा व्यस्त छन् ।

‘नाई नभन्नु ल ५’मा प्रियंका फेरी स्वस्तिमाकी आमा

चलचित्र ‘नाई नभन्नु ल ५’मा अभिनेत्री प्रियंका कार्की  नायिका स्वस्तिमा खड्काकी आमाको भूमिकामा देखिने भएकी छिन् । करिब १ वर्षको ग्यापपछि निर्देशक विकासराज आचार्यले नाई नभन्नु ल को पाँचौँ श्रृङ्खला बनाउन लागेका हुन् ।

कलाकार बन्न मन छ ? आउँदै छ ‘नेपालस् मेघा सिनेस्टार’ 

कलाकार बन्न मन छ ? प्रतिभाशाली कलाकारको छनोटको लागी मेगा इन्टरटेनमेन्टले ‘नेपालस् मेघा सिनेस्टार’ आयोजना गर्ने भएको छ। कलाकार छनोटको लागी आयोजना गर्न लागिएका यो रियालिटी सोमा निर्देशक तथा कलाकार सोभित बस्नेत र निश्चल बस्नेत र पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्णायकको पाटो समाल्ने भएका छन् ।

प्रदीप र जसिताकाे साथमा जापानमा ‘लिलीबिली’ प्रिमियर हुँदै 

नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा हुने भएको छ ।

जापानमा रुचाइयो ‘कृ’, फ्यानबिच घेरिए अनमोल

केही समय अघि रिलिज भएको चलचित्र ‘कृ’को जापानमा भव्यसाथ सो सम्पन्न भएको छ । जापानको टोकियोमा रहेको नकानो जिरो हलमा आयोजना भएको सोमा एक हजार बढी दर्शकको उपस्थित रहेको सञ्चारकर्मी सचित खड्काले जानकारी दिए ।

प्रताप दासको आवाजमा ‘अनुराग’को गीत रिलिज 

चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो स्वर’बोलको उक्त लिरिकल भिडियोमा प्रताप दासले स्वर दिएका छन् ।

‘मेन्टल’ फोटोको कारण विवादमा कंगना 

बलिउड अभिनेत्री कंगना रनाउत विभिन्न कारण चर्चा र विवादमा आइरहन्छिन् । यति बेला एक तस्बिरको कारण कंगनाले सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहनु परेको छ ।

रेखा पुगिन् ‘मंगलम’ हेर्न, पुष्प र शिल्पाकाे कामलाई तारिफ (भिडियाे)

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’लाई दर्शकले रुचाएका छन् । पारिवारिक प्रेमकथामा बनेको चलचित्रले आइतबार राजधानीमा विशेष सो आयोजना गरेको थियो ।

बलिउड अभिनेता फरहान अख्तरको कन्सर्ट नेपालमा 

पछिल्लो समय बलिउडका कलाकारहरू नेपाल आउनेक्रम बढ्दो छ  । केही दिन अघिमात्रै बलिउडको चर्चित ब्यान्ड सनमले नेपालमा कन्सर्ट गरेको थियो । त्यस्तै अर्का अभिनेता सलमान खान नेपाल आउने चर्चा पनि निकै छ ।

भदौमा आउने भयो ‘मिस्टर भर्जिन’ 

चलचित्र ‘मिस्टर भर्जिन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अब आँउदो बर्षको भदौ १ गते रिलिज हुने भएको छ ।