केहि समय अघि सफल चलचित्र 'दुई रुपैयाँ'को सिक्वेल 'दुई रुपैयाँ २' बन्ने भन्ने खबरले नेपाली चलचित्र वृतमा राम्रै चर्चा पायो । तर सो कुरालाई नकार्दै कलाकार आसिफ शाहले अनटाइटल प्रोजेक्टमा काम भइरहेको बताएका थिए । अब सो प्रोजेक्ट यानी कि 'दुई रुपैयाँ' टिमले बनाउने नयाँ चलचित्रको नाम 'डामाडोल' हुने पक्का भएको जानकारी निर्देशक असिम शाहले सिनेपाटीलाई गराएका छन् ।
नेपाली सिने नगरीमा यतिबेला चलचित्र शत्रुगते बहु प्रतिक्षित चलचित्रको रुपमा लिइएको छ ।यसै चलचित्रले पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेको छ ।
नेपाली पप दुनियाका प्रख्यात गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । 'ताली ठोकौँला' बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ ।
बलिउड अभिनेता सलमान खानको ‘दबंग द टूर नेपाल’ अब वैशाखको पहिलो साता हुने भएको छ । यही फागुन २६ गते आयोजना हुन लागेको कार्यक्रम अब वैशाखमा पुगेको हो । आयोजक ओडिसी इन्टरटेनमेन्टले आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै कार्यक्रम वैशाखमा हुने जनाएको छ ।
बलिउडको चर्चित ब्यान्ड ‘सनम’को कन्सर्ट सम्पन्न भएको छ । युट्युबमा दर्जन बढी बलिउड गीतहरू गाएर चर्चित बनेको यो ब्यान्डले जाउलाखेल ग्राउन्डमा आफ्नो प्रस्तुति दिएको हो । 'सनम लाईभ नेपाल' नाम दिइएको उक्त कार्यक्रम तीन बजेबाट सुरु भएर साँझ ७ बजे सकिएको हो । कार्यक्रममा भारतीय चर्चित ब्याण्ड 'सनम'ले 1974 AD को 'परेलीमा' बोलको नेपाली गीत समेत प्रस्तुत गरेका थिए ।
आज शुक्रवार सिनेमाघरमा तीन नेपाली चलचित्र ‘नाका’, ‘ब्लाइन्ड रक्स’ र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ र बलिउडमा अनुष्का शर्माको ‘परी’ रिलिज भएको छ ।
काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा बिहीबार रंगहरुको पर्व होली उल्लासका साथ मनाइयो भने आज शुक्रवार तराईमा होली मनाइदैछ । बिहीबार राजधानीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै आम नागरिक देखि सेलिब्रेटीले होली मनाएका छन् ।
केही दिन अघिमात्र राजधानीमा औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘जय शम्भु’को छायाङ्कन सुरु भएको छ। चलचित्र विकास कम्पनी बालाजुमा चलचित्रको धमाधम सुटिङ भइरहेको छ।
अभिनेत्रीको साथै निर्मात्री समेत रहेकी सुस्मिता केसी बेलाबखत फेसबुकमा लेख्ने स्टाटसका कारण विवादमा आइरहेकी हुन्छिन् ।
बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम पोसपोण्ड भएको छ । फागुन २६ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको ‘दबंग द टूर’ नामक कार्यक्रमको लागी सलमान नेपाल आउने लागेका थिए ।