2083 अश्विन 16, शुक्रबार

‘मिस्टर भर्जिन’को रमाइलो ‘टुल्की’ गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार भिडियो सार्वजनिक गरिएको हो ।

पुष्प र शिल्पासँगै मोफसलमा ‘मंगलम’ युनिट

यही फागुन २५ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘मंगलम’ मोफसल प्रमोसनको लागी निस्किएको छ । निर्माता छविराज ओझासंगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको युनिटले पूर्वको धरानबाट प्रचारलाई तीव्रता दिएको छ । चलचित्र युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड हुँदै चितवन, हेटौडा, पोखरा पुग्ने छ ।

‘लालगेडी’मा बेनिशा र पियुषको प्रेम (भिडियो)

सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पियुषसँगै नायिका बेनिशा हमाल फिचरीङ छिन् ।

‘ह्याप्पी डेज’ चैत्र २ मा आउने पक्का, एक लाखको कभर भिडियो प्रतियोगिता

चलचित्र ‘ह्याप्पी डेज’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माण पक्षको अनुसार चलचित्र अब चैत्र २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यस अघि चैत १६ मा प्रदर्शन गर्ने भएता पनि अब चलचित्र दुई साता अघि नै रिलिज हुने निर्देशक मिलन चाम्सले जानकारी दिए । मिलन चाम्स निर्देशित तिन चलचित्र यस वर्ष रिलिज हुँदै छ । जसमा ब्लाइड रक्स फागुनमा , ह्याप्पी डेज र लिलीबिली चैत्रमा रिलिज हुने छन् ।

सुरक्षा र अनिल 'रंग बिनाको होली' सर्वजनिक 

गायक राज के गोस्वामीको गीत रंग बिनाको होलीु सार्वजनिक भएको छ। शुक्रबार युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ। गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्। 

भ्रूणहत्या विरुद्धको भावना बोल्ने ‘डन्ट किल मि’ सार्वजनिक

देशमा विद्यमान भ्रम हत्या अर्थात गर्भपतन विरुद्ध आवाज उठाउने शैलीको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । १३ वर्षीया किशोरी गायिका प्रेगिशा पौडेलको स्वरमा तयार पारिएको ‘नमार मलाई, नफाल मलाई..’ गीतको म्युजिक भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बा“च्ने चाहनालाई व्यक्त गरिएको छ ।

फ्राइडे रिलिजमा ‘साढे सात’ र ‘पञ्चेबाजा’, कुन हेर्ने? 

आज शुक्रवार नेपाली सिनेमा घरमा दुई चलचित्र प्रदर्शन भएका छन् । जसमा ‘पञ्चेबाजा’ र ‘साढे सात’ रहेको छ । । यी दुई चलचित्रले मल्टिप्लेक्सको साथै सिंगल थिएटरमा पनि सो पाएका छन् ।

करोड क्लब ‘रूपै मोहनी’, फिल्म युनिटले गर्‍यो सेलिब्रेसन 

चलचित्र ‘शत्रु गते’मा समावेश भएको गीत ‘रूपै मोहनी’ रिलिज अगावै एक करोड क्लबमा प्रवेश गरेको छ । युट्युबमा रुचाइएको यो गीत गत डिसेम्बर २९ मा अपलोड गरिएको थियो ।

किन रोएकी थिइन आँचल ? 

बिहीबार काठमाडौँमा चलचित्र ‘शत्रु गते’मा समावेश भएको ‘रूपै मोहनी’को भ्युज एक कारण पुगेको कारण सेलिब्रेसन कार्यक्रममा राखिएको थियो । साथमा यसै चलचित्रका नायक पल शाहको जन्मदिनको जन्मदिन पनि मनाइयो ।

साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टू लन्डनमा’को पहिलो गीत सार्वजनिक (भिडियो)

कोरियोग्राफर रेनशा बान्तवा राईको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टू लन्डन’को पहिलो गीत सार्वजनिक भएको छ।