2083 अश्विन 16, शुक्रबार

अजय देबगनको ‘रेड’ ट्रेलर सार्वजनिक

चलचित्रलाई राज्कुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्रमा अजयलाई अभिनेत्री इलीयाना डीक्रुजले साथ दिएकी छिन ्। सत्य घटनामा आधारित चलचित्रको ट्रेलरमा अजय र इलियाना क्लासिक लुक्समा देखिएका छन् ।

अभिनेत्री प्रियंका चोपडाको नयाँ गीत रिलिज 

गीतको शब्दलाई प्रियंका स्वयम्ले लेखेकी छिन् । हालै उनले दिएको एक अन्तर्वार्तामा उनले यो गीत आफ्नो जीवनको कठिन समयमा लेखेको र गीतमा युवा र स्वतन्त्रतासँगको सम्बन्ध बयान गरेको बताएकी छन् । सो गीतमा प्रियंकाको आवाज लाई हलीउड गायक विल स्पार्कले साथ दिएका छन् ।

रोदन र रोमान्स मिश्रित ‘मंगलम’को ट्रेलर रिलिज (भिडियो)

चलचित्र ‘मंगलम’को ट्रेलर सार्वजनिक भएको छ । मङ्गलवार युट्युब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यस अघि यो चलचित्रको दुई वटा गीतहरू बाहिरिसकेका छन् । छविराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माणमा तयार भएको चलचित्रको ट्रेलरमा रोदन, रोमान्ससँगै पारिवारिक कथालाई प्रस्तुत गरिएको छ ।

तनावमा सेलेना गोमेज !

बीबरको उक्त तस्बिर सन् २०१५ मा छुट्टी मनाउँदाको थियो । यस घटनापछि सेलेनाको एकाउन्ट केही बेरको लागि बन्द गरिएको थियो । तर पछि उक्त तस्बिर हटाएर उनको अकाउण्ट सुरु गरिएको .भारतीय सञ्चारमाध्यमले बताएका छ ।

सोनम कपूर भन्छिन् ‘अवार्ड पाउन फिल्म खेल्दिन’

अवार्ड पाए लगत्तै आफू चलचित्रको एक पात्र मात्र भएको बताएकी थिइन् । राम्रा काम गर्नलाई सिनेमामा आएको बताएकी सोमनले अवार्ड पाउनको लागी मात्र चलचित्र नगर्ने बताइन् । यति बेला सोनम कपुर अभिनित चलचित्र ’प्याड म्यान’ प्रदर्शन भइरहेको छ ।

बन्ने भयो ‘जय भोले’,को को छन् कलाकार ? 

चलचित्र ‘जय भोले’ बन्ने भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रम बिच चलचित्रको औपचारिक घोषणा गरिएको हो ।फागुन एक गतेबाट छायाङ्कन सुरु हुने चलचित्रलाई अशोक शर्माले निर्देशन गर्दै छन् ।

यस्तो बन्यो ‘हुर्रे’को ट्रेलर (भिडियो)

चलचित्र ‘हुर्रे’को ट्रेलर सार्वजनिक भएको छ । दावा शेर्पाको निर्माणमा बनेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो । याखा  प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रको ट्रेलरमा विशेष कमेडीको पाटोलाई देखाइएको छ ।

‘हुन्नरी’मा दीपक दीपाको प्रेम र विवाह

हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ । सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमीप्रमीकाको ?पमा देखिएका छन् । शारीरिक रूपले अशक्त सोझो गाउँले केटाको भूमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा, विधवा महिलाको भूमिका देखिएकी छिन् ।

मानव तस्करीमा कलाकार राजेन्द्र खड्गी पक्राउ 

कलाकार राजेन्द्र खड्गी मानव तस्करी गरेको आरोपमा पक्राउ परेका छन् । उनले कलाकारको नाममा दक्षिण कोरिया लगेर मान्छे छाडेको आरोपमा पक्राउ गरिएको हो । नृत्य कलाकारको नाममा ११ जनालाई दक्षिण कोरिया लगेर छाडेको आरोप खड्गीमाथी छ ।

‘डमरुको डन्डीबियो’मा खगेन्द्रको यस्तो लुक  

 अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डन्डीबियो’को पहिलो लुक्स सार्वजनिक भएको छ । लामिछाने फिचिर भएका दुई पोस्टर सोमबार सार्वजनिक गरिएको हो । पोस्टरमा उनी जुझारु स्वभावका क्रान्तिकारी हुन सक्ने अनुमान लगाउन सकिन्छ । चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।