हरेक वर्ष आयोजना हुने पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको २०१८को संस्करण हुने भएको छ । फागुन ७ गतेबाट पहिलो चरणको छनोट सुरु हुँदै पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको विराटनगमा हुने भएको हो ।
स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेत श्री फाउण्डेशनले स्व.अभिनेता श्रेष्ठकै सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन यही माघ २३ गते कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट को आयोजना हुने भएको छ । दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा कान्छी टिम सहित नेपाली फिल्म र साङ्गीतिक क्षेत्रका दर्जनौँ व्यक्तिहरूको सहभागिता रहने फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताइन् ।
चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजना भएको एक विशेष कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा २०३३ सालको पञ्चायत व्यवस्थालाई चित्रण गरिएको छ । चलचित्रको कथा, पटकथा, संवाद तथा निर्देशन शिवम अधिकारीको रहेको छ ।
गत वर्षको सुपरहिट चलचित्र जात्रालाई शुक्रवारबाट युट्युबमा सार्वजनिक भएको छ । शुक्रवार राती युट्युबमा अपलोड गरिएको यो चलचित्रलाई छोटो समयमा करिब ७ लाख बढीले हेरिसकेका छन् ।
आज शनिवार चलचित्र हेर्ने सोच बनाउँदै हुनुहुन्छ भने गत वर्षको सुपरहिट चलचित्र जात्रा युट्युबमा सार्वजनिक भएको छ । प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्र शुक्रवार राती युट्युव मार्फत सार्वजनिक भएको हो । जात्राले गत वर्ष ५१ औँ दिन मनाउँदै सुपरहिट बनेको थियो ।
सिनेपाटी । नेपाली चलचित्र क्षेत्रमा लामो समय कुनै एक अभिनेत्रीको माग रही रह्यो भने ती हुन् रेखा थापा। फिल्म निर्माण प्रक्रिया, कथा वस्तु र प्राविधिक पाटोमा परिवर्तन आउँदै गर्दा रेखा थापाको ठाउँमा नयाँ अनुहार र नाम खोज्न थालियो। यस्तैबिच अभिनेत्री प्रियंका कार्कीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरिन्।
आज शुक्रवार सिनेमाघरमा दुई नेपाली चलचित्र र एक हलिउड चलचित्र रिलिज भएका छन् । जसमा ‘शेरबहादुर’,‘पटुकी’ र हलिउड चलचित्र 'मेज रनर: द डेथ क्योर' रिलिज भएको छ ।
सिनेपाटी– चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा मजदुरको जीवन कथालाई प्रस्तुत गरिएको छ ।
नेपाली सिनेनगरीमा बोल्ड अभिनेत्रीको रूपमा साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम अगाडी आउँछ । कुनै विशेष कार्यक्रममा शाहले लगाउने पहिरनको चर्चा निकै हुने गर्दछ ।
पछिल्लो समय बलिउड कलाकार नेपालमा आउनेक्रम बढ्दो छ । केही साता अघिमात्र बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चाले मिडियामा राम्रो स्थान पाएको थियो । यति बेला बलिउड अभिनेता इरफान खान र अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएका छन् ।