चलचित्र ‘कान्छी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । फागुन ४ गते (भोलि) शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको तेस्रो गीत सार्वजनिक गरिएको हो । ‘यो मन रमाउँदै’ बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईले स्वर दिएका छन् ।
आउँदो वैशाख २८ मा प्रदर्शनको तयारीमा रहेको चलचित्र ’लम्फू’का पोस्टरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तीन पोस्टरहरु फरक–फरक प्रकृतिका रहेका छन् । पोस्टरमा चलचित्रका कलाकारहरू कबिर खड्का, सलोन बस्नेत, सञ्जित भण्डारी, मरिस्का पोखरेल र चाँदनी शर्मा फिचर छन्
गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ’हल्ला हल्लामै माया’ बोलको गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । प्रणय दिवसलाई लक्षित गरी सार्वजनिक गरिएको गीतमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ। भिडियोमा आँचलको पछि पल लागेको देख्न सकिन्छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् ।
नेपाल चलचित्र बिकास बोर्डले फाल्गुन ७ देखि लागु हुनेगरी बक्स अफिस प्रणाली इ टिकेटिङ शुरु गरिएको छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी बक्स अफिस प्रणालीबारे बृहत जानकारी दिएको छ ।
चलचित्र ‘लिलीबिली’को दोस्रो गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा चलचित्रको दोस्रो गीत ‘घुम्न जाऊ इन्जिन गाडी’मा बोलको गीत सार्वजनिक भएको हो । गीतमा एस डी योगीको स्वर र सङ्गीत रहेको छ भने शब्द एकतारेमा रहेको छ । कविराज गहतराजको कोरियोग्राफि रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् । सुदिप बरालको छायाङ्कन रहेको भिडियो स्कटल्याण्डमा खिचिएको हो ।
केही दिन देखि सामाजिक सञ्जालमा केरलाकी कलाकार प्रिया प्रकाश भाइरल बनिरहेकी छिन् । उनको तस्बिर र भिडियोहरूले सामाजिक सञ्जालका भित्ताहरू भरिएका छन् । तर प्रियालाई समस्या थपिएको छ ।
निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘रामकहानी’को छायाङ्कन सुरु भएको छ । पोखराको माथिल्लो डाँडा कास्कीकोटबाट चलचित्रको शुभमुर्हत गरिएको छ । मङ्गलवार शिवरात्रीको दिनबाट रामकहानीको सुरुवात भएको छ ।
सदाबहार हाँसेझैँ लाग्ने, आफूलाई साहस र अटलताक प्रतीक जस्तो बनाएर गजक्क परेर बसेका जस्ता देखिने हिमाल साँच्चै नै साहस र खुसीका प्रतिबिम्ब होलान् त ?
नेपाल चलचत्र कलाकार संघले आयोजना गर्न लागेको ‘फान अवार्ड’को दोस्रो संकरण हुने भएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै ‘फान अवार्ड’को दोस्रो संकरण चैत्र १६ गते हुने बताइएको छ ।
हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ सवारी दुर्घटनामा परेका छन् । सोमबार राती मधुमल्ला महोत्सवमा सहभागी जनाएर झापा विर्तामोड फर्किनेक्रममा विल्सनको राति १२ बजे