आज शुक्रबार सिनेमाघरमा नेपाली चलचित्र ’कान्छी’ प्रदर्शनमा आएको छ। आकाश अधिकारी निर्देशित चलचित्रले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा सो पाएको छ । यम थापाको कथामा रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्।
२०१७ मा विवादित बनेका कपिल शर्मा फेरी टेलिभिजन मार्फत फर्किने भएका छन् । केही समय चलचित्र र विवादमा रुमलिएका कपिलले कमेडीबाट ब्रेक लिएका थिए l हालै मात्र भारतीय संचारमाध्यमका अनुसार कपिलले नयाँ शो लिएर आउने खबर बाहीरीएको हो जसको पोष्टर पनि सार्वजनिक भइसकेको छ l
अभिनेत्री ऋचा शर्माको लगानी र अभिनेता अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्र चलचित्र ‘सुनेकसरी’को टिजर सार्वजनिक भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाङ्कन गरिएको चलचित्रको टिजर निकै डरलाग्दो छ ।
युवा स्टार नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ दोस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले प्रदर्शन भएको छैटौँ दिनमा नै लगानी सुरक्षित गरेको निर्माणपक्षले दाबी गरेको छ । बिहीबार राजधानीमा एक विशेष भेटघाटमा चलचित्रका निर्माता सुवास गिरीले ६ दिनसम्म आइपुग्दा देशभरका ११८ पर्दाबाट ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको दाबी गरेका छन् ।
आज फागुन ४ गतेबाट सिनेमा हलमा ‘कान्छी’ प्रदर्शन भएको छ । अभिनेत्री श्वेता खड्का निर्माण र अभिनय रहेको चलचित्रले शुक्रवार बिहान प्रेस सो आयोजना गरेको थियो । विग मुभिज कमलपोखरीमा भएको प्रेस सोमा चलचित्रका कलाकार, संचारकर्मी र साथमा स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको परिवार उपस्थित रहेका थिए ।
चलचित्र ‘अनुराग’को पहिलो गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बर रहेको ‘कान्छा दाइ गाना बजाई देऊ’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वरमा रहेको गीतमा शब्द ममता गुरुङ र सङ्गीत ताराप्रकाश लिम्बु रहेको छ ।
पछिल्लो समय वेभ सिरिजको क्रेज निकै छ । ‘हाईस्कुल’बाट चर्चा कमाएको कलाकारहरू सरोज अधिकारी, आशामा विश्वकर्मा, अनुष्का अधिकारी, संयोग गिरी लगायतका कलाकारलाई लिएर ‘ट्वान्टी फस्ट लभ’ निर्माण भएको छ । युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको यो सिरिज मार्च १ बाट कान्तिपुर टेलिभिजनमा समेत प्रसारण हुने भएको छ । सिरिजमा चर्चित नृत्य समूह कार्टुन क्रुजका सरोज र आश्माकाे मुख्य भूमिकामा छन् ।
चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा दर्शकलाई उपहार स्वरूप ‘अब मनसँग मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ ।
भोलि शुक्रवारबाट अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’ प्रदर्शनमा आउँदै छ । मङ्गलवार मोफसलमा चलचित्रको प्रोमोसन सकाएर कान्छी युनिट काठमाडौँको फर्किसकेको छ । आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र कान्छीको ट्रेलर र गीतहरूलाई दर्शकले निकै रुचाएका छन् । साथै पहिलो पटक एकसाथ देखिएका दया र स्वेताको जोडी दर्शकको लागी विशेष बनेको छ । यो चलचित्रलाई अभिनेत्री खड्काले निर्माण गरेकी हुन् । रिलिज पूर्व नै कान्छीले आफ्नो लगानी भने सुरक्षित गरिसकेको छ । निर्माण पक्षको अनुसार चलचित्रको कुल लगानी २ करोड हो । श्वेताले ब्रान्ड पार्टनर्सबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट १ करोड २२ लाख प्राप्त गरिसकेकी छिन् । यसरी हेर्ने हो भने नेपालमा जति कमाई गर्छ त्यो नाफामा जाने छ ।
बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘परी’को ट्रेलर सार्वजनिक भएको छ । हालै युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा अनुष्कालाई भयानक रूपमा प्रस्तुत गरिएको छ ।