सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको बताइएको छ ।
प्रदर्शनको सँघारमा आइरहेको चलचित्र ‘कृ’को चर्चा बढ्दो छ । माघ २६ गते रिलिज हुने यो चलचित्रको सम्पूर्ण टिम बेलायत उढेको छ ।
शुक्रवार राती चलचित्र कृ युनिट एक रोमान्टिक गीत छायाङ्कनको लागी स्कटल्याण्ड उडेका छन्। माघ २६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कृ’ को बाँकी रहेको एउटा गीतको छायाङ्कनका लागी चलचित्रको टिम बेलायत उडेको हो।
सञ्जय लीला भन्सालीको निर्देशनमा तयार भएको चलचित्र ‘पद्मावत’ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ। लामो समयको विवाद पछि बिहीबारबाट प्रदर्शनमा आएको चलचित्रले सुरुको दिनमा धमाका ओपनिङ गरेको छ ।
‘हिरोइन’लाई जाडो लाग्दैन ? बिहीबार राजधानीमा आयोजना भएको एक कार्यक्रममा जब अभिनेत्री वर्षा सिवाकोटी ब्याक लेस पहिरनमा पुगेकी थिइन् , तब प्रायले यही प्रश्न गरिरहेका थिए ।
अभिनेता सबिन श्रेष्ठ अभिनित चलचित्र ‘बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । समीर मियाँको निर्देशन रहेको चलचित्र फागुन ११ गते प्रदर्शन हुने भएको छ । चलचित्रमा पारिवारिक कथा र लभ स्टोरीलाई प्रस्तुत गरिएको छ।
पहिरनको कारण प्राय मिडियामा छाइरहने नायिका हुन् –साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रको होस या विशेष केही कार्यक्रम साम्राज्ञी बोल्ड भएरनै प्रस्तुत हुन्छिन् । उनको बो्रल्डनेसको कारण युवापुस्तामा उनी लोकप्रिय छिन् ।
बलिउड कलाकारहरू विवाद र ओलझेलमा परेको चर्चा निरन्तर सुन्नामा आइरहेको नै हुन्छ । यति बेला बलिउडका निर्देशक, निर्माता तथा कलाकार समेत रहेका करण जोहर जेल पर्न सक्ने खबरले बलिउड मिडिया तातेको छ । करण हाल एक रियालिटि सोमा जजको रूपमा व्यस्त छन् ।
चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शत्रु गते’को डबिङ कार्य सुरु भएको छ । मल्टिमेट प्रोडक्सनमा चलचित्रका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार डबिङ सकाएका छन् । मदनकृष्णसंगै किरण केसीले पनि आफ्नो केहि सिनको डबिङ सकाएका छन् ।
चलचित्र ‘गरुड पुराण’को निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रलाई सुशन प्रजापति र सुवास कोइरालाले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् ।