चलचित्र ‘छक्का–पञ्जा २’ले बिहीबार काठमाडौँमा भव्यताको साथ ५१ औँ दिनको सेलिब्रेसन गरेको छन् । असोज ११ गते फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्रले सफलताको साथ कात्तिक ३० गते ५१ औँ दिन मनाएको हो ।

सेलिब्रेसन कार्यक्रममा चलचित्रकी नायिका प्रियंका कार्की बाहेक सबै सहभागी भएका थिए । कार्यक्रममा बरिष्ट हास्यकलाकार हरिवंश आचार्यले केक काटेका थिए भने चलचित्रका सम्पूर्ण टिमलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, स्वरुपपुरुष ढकाल लगायतको उपस्थिति रहेको थियो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा’ले १०० दिन मनाउन सफल भएको थियो । गत वर्ष जस्तै छक्का पञ्जा टिमले यस पटक पुनः कुनै एक ग्रामीण अस्पताललाई एम्बुलेनस दिने भएको छ।