चलचित्र 'सुपर गोर्खे'को नयाँ गीत सार्वजनिक भएको छ । 'नाइ न भन्नु ल' नायिका ऋचा सिंह ठकुरीले निर्माण गरेको चलचित्र सुपर गार्खेमा समावेश भएको 'तिमी नै हौ' बोलको रोमान्टिक गीत शुक्रवार सार्वजनिक भएको हो । तारा प्रकाश लिम्बुको सङ्गीत, ज्ञानेन्द्र ताम्लिङको शब्द रहेकोगीतमा गायिका रजनी रिमाललाई सङ्गीतकार लिम्बुले साथ दिएका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको छन् । राज थापा निर्देशित चलचित्र सुपर गोर्खे मा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ । 

 


किरण माईकलको लेखन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । निर्माताको रूपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिपजंग थापा रहेका छन् । विवाहपछि ऋचा सुपर गार्खे लिएर दर्शकमाझ आएकी हुन् । चलचित्र मङ्सिर २९ देखि देशभर लाग्दैछ ।