अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको चलचित्रको प्रदर्शन मिति तय भएको छ । हाल छायाङ्कन भइरहेको चलचित्र आगामी वर्ष २०७५ वैशाख १४ गते प्रदर्शन हुने भएको छ । केकीले सोमबार बिहान आफ्नो अफिसल फेसबुक मार्फत चलचित्र प्रदर्शन मिति सार्वजनिक गरेकी थिइन् । उनी लेख्छिन् ‘आज ‘कोहोलपुर एक्सप्रेस’ वा‘केको विभिन्न स्थानमा दौडदै यहाँको यात्रा २२औँ दिनमा पुरा गर्दैछ। छायाङ्कन सोचे जस्तै र खोजे जस्तै भइरहेको समयमा हामीले २०७५ वैशाख १४ गते सिनेमा घरमा हुँइकने निर्णय गरेका छौँ।’
विशाल भण्डारीको निर्देशन रहेको चलचित्रमा केकीले पहिलो पटक लगानी गरेकी हुन् । चलचित्रमा केकीको साथमा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, कुशाग्र भट्टराई लगायतका कलकारको अभिनय रहेको छ ।