नेपाललाई पहिलोपटक प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’मा पुगेकी नग्मा श्रेष्ठले आफुलाई भोट गर्न सबैमा आग्रह गरेकी छिन् । उनी हाल अमेरिकाको लस भेगासमा भइरहेको मिस युनिभर्समा पहिलो पटक नेपालको तर्फबाट सहभागी भएकी हुन् । उनी भन्छिन्‘पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको छु । मिस नेपाल युनिभर्स घोषणा भएसंगै मैले आफुलाई तयार गर्न विभिन्न प्रशिक्षण पनि लिई रहेको छु । तर मेरो यी सबै मेहनेतलाई सफल पार्न तपाइको भोट पनि अमुल्य छ ।’ मिस युनिभर्समा आफुलाई बिभिन्न राउण्डको लागी तयार गरिरहेकी नग्माले मेहनतलाई सफल बनाउन भोटको निकै आवश्यक परेको बताइन् । भोट गत नोभेम्बर २० देखि नै गर्न पाइनेछ ।

उनलाई आफ्नो जिमेल एकाउन्ट लग इन गरेर दिनमा १० भोट सम्म गर्न पाइनेछ । साथै उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ । त्यसको लागि #missuniverse र #Nepal ह्यासट्याग गर्नु पर्छ र यसको री ट्वीट काउन्ट हुनेछ । नग्माले नोभेम्बर २६ मा हुने फिनालेमा आफ्नो देशको सस्कृति झल्किने भेष भुषामा आफुलाई प्रस्तुत गर्नेछिन् ।
योलिंक मार्फत भोट गर्न सकिनेछ- https://missuniverse.votenow.tv