काला ओठहरुबिच च्यापिएको 
उहिल्यै जली मरेको ठुटो चुरोट
एस्ट्रेमा चिसो खरानीको थुम्को
अनि आफ्नो आयु 
बाँचिसकेको आधा कप कफिको
लास देख्यौ भने मलाई सम्झनु 

सडकको भित्तातिर
बाँच्नै मन नभै बाँचेको 
एउटा बुढो जिन्दगीको
ठ्याक्कै अघिल्तिर
हातमा बियरको ठुलो गिलास
आधा रगत र आधा हिलोले
पोतिएको पुरानो पुस्तक बोक्ने 
कोही देख्यौ भने मलाई सम्झनु ।