सञ्चारकर्मी कुमार आचार्य एक पछि अर्को गर्दै म्युजिक भिडियो निर्देशनमा व्यस्त छन् ।फेरी अहिले उनको निर्देशन रहेको रोमान्टिक प्रेम गीत ‘कुनै दिन मायाँमा’ को भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा प्रमोद खरेलले स्वर भरेका छन् भने शब्द तथा संगीत रुपेश मास्केको रहेको छ ।

भिडियोमा नमराज सिलवाल र कविता राया(यादव) का साथै कुमार आचार्यलाई पनि देख्न सकिन्छ । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् ।