संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको नयाँ म्युजिक भिडियो 'एल.ओ. भी.ई लब' सार्बजनिक भएको छ । सार्बजनिक गीतमा स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत बिकाश चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।
भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेकोको यस भिडियोमा रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन, बिष्णु खड््काको सम्पादन रबिको मेकअप रहेको छ ।