अॉसुको सागर दिने जीन्दगीको रित सानो
खुशी भन्दा पिडा बढी विधाताको जीत सानोघाउमाथि औला राखी थिचिदिन्छ समाजले
उडिजाने बादलु झै मान्छेको यो प्रीत सानो
देखाएर के फाइदा मनका आला घाउहरु
निष्ठुरी यो समाजमा ऑसुको गीत सानो
खै कस्तो प्यास जाग्छ आधुनिक यो जमानामा
अरु रुवाई आफु हॉस्ने मान्छेको धित सानोसदिच्छा खकुरेल