सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’को गीत सार्वजनिक भएको छ । वैशाखको १२ गते प्रदर्शनमा आउने भनिएको चलचित्रको ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा मिस्टर आरजे, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको छ भने मिस्टर आरजे कै सङ्गीत रहेको छ । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, मिस्टर राजे, कविता नेपाली लगायत फिचर्ड छन् । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा सौगात, शक्ति र अर्पणसँगै अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार, शिव श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ । चलचित्रलाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् । यसै चलचित्रबाट शक्ति श्रेष्ठ, आना ढकाल, सृजना सिना लगायतले चलचित्र क्षेत्रमा डेब्यू गर्दै छन् । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा, हिमाल केसी र मुकुन्द भट्टको एक्सन, किङ योगीको कोरियोग्राफी रहेको छ ।