सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् । यी दुईले शुक्रवार लगनगाँठो कसेका हुन् । सीमित आफन्त र केही साथीभाइको उपस्थितिमा बुढानीलकण्ठ मन्दिरमा दुईको विवाह सम्पन्न भएको हो । गीत सङ्गीतमा खुबै रुचाइएको यो जोडी सात वर्षदेखि अनुराग सङ्गीत विद्यालयमा आबद्ध छन् । पछिल्लो समय निकै चर्चित र लोकप्रिय सङ्गीत कार पोखरेल ले सङ्गीत भरेको धेरै गीतमा खरेल ले स्वर दिएकी छिन् । साङ्गीतिक क्षेत्रमा सबैको मन जित्न सफल नव विवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना !!