अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । पछिल्लो समय दर्शकको मन जित्न सफल खड्का आज आफ्नो २५औँ जन्मदिन मनाउँदै छिन् । विसं २०५२ असार २० गते जन्मिएकी स्वस्तिमाले आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउँदै छिन् । स्वस्तिमाले चलचित्र होस्टल रिटर्न्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी हुन् । त्यसयता उनले छक्का पन्जा २, नाइँ नभन्नु ल ५, लभ लभ लभ, ‘बुलबुल लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनलाई गत वर्ष रिलिज भएको चलचित्र 'बुलबुल'ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड दिलायो । पछिल्लो समय स्वस्तिमा चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि निकै सक्रिय छिन् । उनको जन्मदिनमा सामाजिक संजालमा शुभकामना दिनेको ओइरो लागेको छ । आफ्नो अभिनयले दर्शकको मन जित्न सफल नायिका स्वस्तिमा खड्कालाई जन्मदिनको शुभकामना !!