पछिल्लो समय एक पछि अर्को कलाकार विवादमा आइरहेका छन् । आफूले दिएको अभिव्यक्ति कै कारण कलाकारले आलोचना खेप्नु परिरहेको छ । यसैबिच अभिनेत्री पूजा शर्माले एक अन्तर्वार्तामा ७२ प्रदेश, १४ जिल्ला भनेपछि आलोचना तथा विवादमा तानिएकी थिइन् । ट्रोल तथा आलोचनाको सिकार भएकी पूजाको पक्षमा निर्देशक सुदर्शन थापाले बोलेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गर्दै उनले 'एउटा कलाकारलाई जिल्ला, अञ्चल र प्रदेशको बारेमा थाहा नहुँदा उसको कलाकारितामा केही फरक पर्ला जस्तो लाग्दैन, अभिनय, नृत्यको साथै कलाकारिता सँग सम्बन्धित कुराहरूको बारेमा थाहा नहुँदा चाहिँ फरक पर्ने हो' भनेका छन् । साथै उनले कलाकार माथि कला कर्मी र पत्रकारहरूबाटै दुर्व्यवहार भएको समेत गुनासो पोखेका छन् । सबैलाई सबै कुराको जानकारी नहुने भन्दै उनी लेख्छन्, 'भाको कलाकार पनि त देखिएको हो जो सँग कलाकारिता नभएर घरमा थन्किएर अरूको कुरा काटेर बस्नुपरेको छ... पत्रकार मित्रहरू पनि त १५ चोटि अन्तरवार्ता लिइसक्नु हुँदा १६ चोटिको पालामा तपॉईको पहिलो चलचित्र कुन रे, अहिले सम्म कति वटा चलचित्र भयो ? चलचित्र प्रदर्शनको १० दिन अगाडी चलचित्रको मुख्य कलाकारको नाम र प्रदर्शन मिति सोध्नुहुन्छ ? ? ? खोइ त तपॉईको जिके ? ?' नायिका शर्मालाई देशको बारे सामान्य विषयको पनि ज्ञान नहुनु लज्जास्पद भएको भनी उनको आलोचना भएको हो ।

हेरौँ के लेखेका छन् निर्देशक सुदर्शनले थापाले: 
एउटा कलाकारलाई जिल्ला, अञ्चल र प्रदेशको बारेमा थाहा नहुँदा उसको कलाकारितामा केही फरक पर्ला जस्तो लाग्दैन, अभिनय, नृत्यको साथै कलाकारिता सँग सम्बन्धित कुराहरूको बारेमा थाहा नहुँदा चाहिँ फरक पर्ने हो!!
एउटा डाक्टरलाई ३ जना राष्ट्रिय कलाकारको नाम थाहा नहुँदा उसको डाक्टरी पेसामा केही फरक परेको छैन र त्यो डाक्टरलाई स्वास्थ्य क्षेत्रबाट उपहास पनि गरिएको छैन।।।
किन कलाकार माथि मात्र यस्तो दुर्व्यवहार गरिन्छ एउटा सामान्य कुरामा त्यो पनि चलचित्र कर्मी र चलचित्र पत्रकारहरू बाट नै?
GK भएको कलाकार पनि त देखिएको हो जो सँग कलाकारिता नभएर घरमा थन्किएर अरूको कुरा काटेर बस्नुपरेको छ।।।
पत्रकार मित्रहरू पनि त १५ चोटि अन्तरवार्ता लिइसक्नु हुँदा १६ चोटिको पालामा तपॉईको पहिलो चलचित्र कुन रे, अहिले सम्म कति वटा चलचित्र भयो? चलचित्र प्रदर्शनको १० दिन अगाडी चलचित्रको मुख्य कलाकारको नाम र प्रदर्शन मिति सोध्नुहुन्छ??? खोइ त तपॉईको GK??
सबैलाई सबै कुराको ज्ञान हुन्छ भन्ने छैन सम्बन्धित विषयमा ज्ञान राख्ने हो...
एक अर्कालाई सम्मान गरु चलचित्र क्षेत्रलाई मर्यादित बनाऊ हाम्रै हातमा छ, हाम्रै सोचमा छ, कर्म क्षेत्रलाई पूजा गरूँ...
यो घरमा बसेर पिके अरूको जी.के. नापेर नबसौँ!!!
जय नेपाली चलचित्र!!!