अभिनेत्री प्रियंका कार्कीको सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स पुगेका छन् । कार्की सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स कमाउने पहिलो नेपाली नायिका हुन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् । आफूले गरेका दैनिक क्रियाकलाप देखी अन्य कुरामा अपडेटेट प्रियंकालाई १० लाखले फलो गर्दा उनले भने  ८६५ जनालाई फलो गरेकी छिन् । १० लाख फलोअर्स पुगेपछि नायिका कार्कीले खुसी व्यक्त गर्दै फलोअर्सलाई धन्यवाद दिएकी छन् । इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरू चर्चामा आउँछन् भने कतिले उनलाई विवादमा पनि तानेका छन् । यसको बावजुत प्रियंका आफ्ना फ्यानसँग जोडिन उनीहरूको जिज्ञासा मेटाउन पछि हट्दिनन् । पछिल्लो समय लकडाउनले गर्दा घरमा नै बसिरहेकी उनले आफूले गरेका दैनिक क्रियाकलापहरू साटिरहेकी हुन्छन् । प्रियंका आफ्ना पति आयुष्मानसँग मिलेर युट्युबमा पनि सक्रिय भएकी छिन् । प्रियंकापछि इन्स्टामा सर्वाधिक फलोअर्स कमाउने नायिकामा अदिति बुढाथोकी हुन् उनलाई पनि करिब १० लाखले फलो गरेका छन् ।