पछिल्लो समय निकै चर्चामा आएको गीत हो 'के माया लाग्छ र ?' । यस गीतलाई दर्शकले निकै माया दिएपछि गीतको टिमले नयाँ गीत सार्वजनिक गरेको छ । ‘तीनपाते’ नाम दिइएको म्युजिकल फिल्म बाट एउटा सिङ्गो कथा भन्ने प्रयास गरिएको छ । ९ मिनेट लामो भिडियोमा एक युवाको सङ्घर्षको उत्साहजनक कथा प्रस्तुत गरिएको छ । आफ्नै ठाउँ आफ्नै माटोमा उद्यम गर्दा पनि खुसी मिल्छ र सुख पाइन्छ भन्ने सफलताको कथा यस भिडियोमा छ। सार्वजनिक गीतमा सुजन चापागाईँ र विद्या तिवारीको स्वर रहेको छ भने हर्क साउदको शब्द र सुजन चापागाईँको सङ्गीत संयोजन रहेको छ । भिडियोमा मिलन खत्री, अनु काफ्ले मुख्य भूमिकामा देखिएका छन् भने सम्रान्त थापा, नयन नेपाल आयुष्मा काफ्ले, मुना धिताल, हर्क साउद, कविता थापा, विष्णु खत्री, सुजन खत्री लगायतको पनि अभिनय रहेको छ । भिडियो 'के माया लाग्छ र ?' का निर्देशक नवीन चौहानले निर्देशन गरेका हुन् । उनले आर्थिक तथा सामाजिक पक्षमा कसरी सबल बन्न सकिन्छ भन्ने सन्देश दिन र गीतलाई कथानक शैलीले पेस गरिएको नवीन बताउँछन् । ग्रामीण परिवेश फरक र सामान्य कथावस्तु बोकेको म्युजिकल फिल्म दर्शकले मन पराउने अपेक्षा निर्देशक नवीनले राखेका छन् ।