भारतमा अर्का एक चर्चित कलाकार मृत भेटिएका छन् । थुप्रै चर्चित टेली सिरियलमा अभिनय गरेका अभिनेता समीर शर्मा आफ्नै घरको पङ्खामा पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् । ४४ वर्षीय समीरले प्रख्यात टेलिसिरियल 'सास भी कभी बहु थी', 'ये रिश्ता है प्यार के', 'कहानी घर घरकी' जस्ता लोकप्रिय सिरियलमा अभिनय गरेका थिए । उनको शरीर मुम्बई स्थित उनले भाडामा लिएको फ्ल्याटको किचनमा झुन्डिएको अवस्थामा देखेपछि अपार्टमेन्टका वाचम्यानले देखेपछि सोसाइटीका मान्छेलाई खबर गरेका थिए । प्रहरीले उनको मृत्यु दुई दिन अघी नै भएको अनुमान लगाएको छ । उनको मृत शरीरलाई पोस्टमार्टमका लागी अस्पताल लागिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । समीरले बलिउड अभिनेता सुशान्त सिंहको मृत्यु पछि मानसिक स्वास्थ्यको बारेमा आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।