नयाँ म्युजिक भिडियो 'माया गरौँला' सार्वजनिक भएको छ । अभिनेता पल शाह र मोडल उषा उप्रेतीको अभिनय रहेको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । भिडियोमा पल र उषासँगै सुधीर श्रेष्ठ र सुनिषा बजगाँइ पनि फिचर्ड छन् । सार्वजनिक गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको छ । दिनेश थपलियाको शब्द सृजना रहेको गीतमा आचार्य कृष्ण भारद्वाजको सङ्गीत रहेको छ । भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् भने विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । अमन मानन्धरको सम्पादन रहेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । प्रेम भावको गीतको भिडियो निकै रमाइलो र सुन्दर बनेको छ । भिडियोमा पल र उषाको जोडी निकै सुहाएको छ । गीत गज्जब टिभीको युट्युब च्यानलमा उपलब्ध छ।