नेपाली फिल्म क्षेत्रमा न्रित्य निर्देशनमा चर्चित नाम हो 'गोविन्द राई' l ३०० भन्दा बढी फिल्ममा न्रित्य तथा निर्देशन गरी सकेका राईले ह्जारौ बढी म्युजिक भिडियोमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् l राई अभिनयमा पनि उतिकै अब्बल छन् l ती मध्य उनले गरेका कयौँ कामहरूले थुप्रै सम्मान पाउनुका साथै गोविन्दले फिल्ममा गरेका अभिनयले पनि दर्शकको मनलाई उत्ति नै जितेको छ l पछिल्लो समय न्रित्य निर्देशक गोविन्द राईको व्यस्तता झन् एकदमै बढ्दो छ l ती नै गोविन्दले दर्शकलाई मध्यनजर गर्दै अर्को नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन् l आफ्नै निर्माण र निर्देशन रहेको म्युजिक भिडियो 'परम्पा परम्पा' लाई इन्टरनेटमा रिलिज गरेका हुन् l
आधिकारिक युट्युब च्यानल 'गोविन्द राई एन्टरटेन्मेन्ट' मार्फत म्युजिक भिडियो रिलिज भएको छ l चन्द्र सिर्मलको आवाज, शब्द र संगीत गीतमा समावेश छ l संगीत संयोजन प्रसन्न परियार 'मिन्ट स्टुडियो' , रेकर्ड श्याम बाघोस्, मिक्सिङ मासटरिङ् प्रदीप जोशी ,मेकअप अशोक रोक्का , कोरीयोग्राफी, कृश लिम्बुको काम 'परम्पा परम्पा' मा देख्न सकिन्छ l गीतको मिक्स मास्टर र रेकर्ड डोरेमी स्टुडियोमा गरिएको हो l भिडियोमा शुभ आचार्य , मोनिका कर्माचार्य, विकास अधिकारी र मोनिशा कर्माचार्य फिचर्ड छन् l दिपेन बस्नेतले भिडियोको सम्पादन / रङ संयोजन गरेका छन् l साथै उक्त म्युजिक भिडियोको दृश्य कैद पनि सम्पादक बस्नेतले नै गरेका हुन् l