गायक तथा सङ्गीतकार सि.एल. शर्माको “एकै नजरले” बोलको गीति म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।
समन अधिकारीको निर्देशन रहेको उक्त गीतको भिडियोमा पुष्प खड्का र एलिसा राइको अभिनय रहेको छ । त्यस्तै, शब्द, संगीत र स्वर सबै सि.एल. शर्माको रहेको छ ।
सन् २०१२ मा रोजगारीको सिलसिलामा दक्षिणकोरिया पुग्नु भएका गायक तथा संगीतकार शर्मा बिगत १७ बर्ष देखि क्रियाशिल रुपमा संगीतक्षेत्रमा आबद्ध हुनुहुन्छ ।