चलचित्र ‘फुलै फुलको मौसम तिमीलाई’बाट रजतपटमा डेव्यु गरेका नायक हुन् आमेश भण्डारी । पहिलो चलचित्रमा उनले आफ्नो प्रेमीका निता ढुङगानासँग रोमान्स गरेका थिए । पहिलो चलचित्रबाट कामको जस नपाएका आमेशको चर्चा भने प्रेमिकासँग जोडिएको नामले अलि बढी भयो ।
पछिल्ला केही दिन यता सिने नगरीमा नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीको चर्चा बढ्दो छ । केही दिन अघि प्रदीपले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग चलचित्र गर्ने भन्ने समाचारले मिडियामा राम्रो स्थान पाएको थियो । यता प्रियंका पनि विभिन्न कारण चर्चामा आइरहिन् ।
सोमबार रातीबाट सामाजिक सञ्जालमा २०१७ मिस नेपालकी पहिलो रनरअप नीति शाहको आलोचना बढ्दो भइरहेको छ । मिस इन्टरनेशनलमा आफूलाई नेपालको प्रतिनित्व गर्ने नीति महिना दिन अघि जापान पुगेकी थिइन् । हरेक वर्ष हुने मिस नेपाल जस्तै यसबर्ष मिस नेपालमा नीति सहभागी भएकी थिइन् ।
नायक अनमोल केसी अभिनित ‘कृ’ यस वर्षको प्रतिक्षित चलचित्र हो । माघ २६ गते प्रदर्शन मिति तय गरेको चलचित्रको छायाङ्कन हालै सकिएको छ । यसअघि भदौ, असोज, कात्तिक भन्दै चलचित्रको प्रदर्शन मिति पोष्टपोण्ड भइरहेको छ । तर निर्माण पक्षको अनुसार चलचित्र माघमा नै प्रदर्शन हुने पक्का भएको छ ।
दुई महिना अघि औपचारिक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको चलचित्र ‘लिलिबिली’ले यति बेला नयाँ मोड लिएको छ । चलचित्रको निर्माण घोषणामा दुई नव–नायिका रेबिका गुरुङ र जसिता गुरुङले नायक प्रदीप खड्कासँग रोमान्स गर्ने भनिएको थियो ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकसाथ स्किृन सेयर गर्ने पक्का भएको छ । ‘कायरा’ नाम गरेको चलचित्रमा यी दुईले एकसाथ काम गर्ने पक्का भएको हो । केही समय अघि बाहिरिएको समचार अनुसार चलचित्रको नाम र निर्देशकको तय गरिएको थियो ।
युवापुस्तामा राम्रो फ्यान फलोइङ कमाएको नायक प्रदिप खड्का र नायिका साम्राज्ञीले एकसाथ चलचित्रमा काम गर्ने पक्का भएको छ । ‘कृ’ निर्माता सुबास गिरीको नयाँ चलचित्र ‘भैरबी’मा यी दुई खेल्ने पक्का भएको खबर बाहिरिएको हो ।
गत साता प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’को सिक्वेल बन्ने भएको छ । बिहीबार काठमाडौँमा आयोजना गरिएको फाटेको जुत्ताको सक्सेस पार्टीमा निर्माता अर्जुन कुमारले फाटेको जुत्ता बन्ने घोषणागरेका हुन् ।
यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कृ’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार ‘कृ’का निर्माता सुवास गिरीले आफ्नो फेसबुकमार्फत स्टाटस लेख्दै चलचित्रको अन्तिम सेड्युलको सुटिङ बिट मारेको बताएका छन् ।
अभिनेता दयाहाङ राई र अभिनेत्री वर्षा सिवाकोटीको जोडीमा नेपाली चलचित्र ‘भैरे’ बन्ने भएको छ । चलचित्र ‘कारखाना’ पछि वर्षा अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका छैनन् ।