अभिनेता राजेश हमाल उमेरले लगभग ६०को दशकमा छन् । तर उनी आज पनि उही २०/ २५ वर्षीय युवाको जस्तो जोस र जाँगरका साथ प्रस्तुत हुन्छन् ।
२०१९को 'गोल्डेन ग्लोब'मा उत्कृष्ट अभिनेताको अवार्ड ज्याकिन फिनिक्सले हात पारेका छन् । वर्षको चर्चित एवं विवादास्पद चलचित्र 'जोकर'का लागी उनलाई अवार्ड दिइएको हो ।
दर्शकले 'आँप' जोडीको रूपमा मन पराएका आँचल र पल एकसाथ नदेखिनु को कारण हो आँचल को विवाह ।
अघिल्लो शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र 'गूड न्युज'ले निकै राम्रो व्यापार गरिरहेको छ । अक्षय कुमार र करीना कपुर स्टारर यस चलचित्रले डिसेम्बर २०मा रिलिज भएको सलमान खान स्टारर चलचित्र ‘दबंग ३’लाई पछि पारेको छ ।
‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण आयोजना हुने भएको छ । चलचित्र प्राविधिक सङ्घले आयोजना गर्दै आएको अवार्ड दुई वर्षको अन्तराल पछि पुनः आयोजना हुने भएको हो ।
आमिरले २० किलो वजन घटाएका छन् । साथमा उनले लामो दारी पनि पालेका छन् । फिल्ममा धेरै दौडिने सिन भएकाले उनले खुट्टामा भएको पिडा कम गर्ने औषधी खाएर सुटिङ गरिरहेका छन् ।
शैली थिएटर रातो पुलमा नयाँ नाटकको मञ्चन सुरु भएको छ । शुक्रवारबाट नाटक ‘विवाहको प्रस्ताव’को मञ्चन सुरु भएको हो ।
फेस्टिभलको अन्तिम दिन गायक प्रमोद खरेलले साङ्गीतिक प्रस्तुति दिनेछन् यसैको लागी उनी तयारी गरिरहेका छन् । डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट नै आयोजना भएको कार्यक्रम हो ।
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
‘कामना फिल्म अवार्ड’को पाँचौँ संकरणमा फिल्म ‘प्रसाद’ले उत्कृष्ट फिल्म, पटकथा, अभिनेता, अभिनेत्री र निर्देशन गरी पाँच विधामा अवार्ड जित्न सफल भएको छ ।