प्रतीक्षित बलिउड चलचित्र 'साहो'ले आफ्नो रिलिज मिति फेरेपछी यो स्थिति सृजना भएको हो । यसैको असरले ‘छ माया छपक्कै’ भदौ २७ गते प्रदर्शनमा आउने भएको छ ।
रञ्जित नेपालीको स्वर रहेको गीत ‘नशा’ सार्वजनिक भएको छ । गीतको भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
भद्रगोल सृजना हुनुको पछाडिको कारण भनेको भाद्र १३ गते रिलिज हुन लागेको प्रभास स्टारर बलिउड चलचित्र 'साहो' नै हो ।
भदौ १३ लाई रिलिज मिति तोकेर तयारीमा रहेको चलचित्र 'मारुनी' को दुई अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
अभिनेत्री ऋचा शर्मा अभिनीत ‘न यता न उता’ र अभिनेत्री केकी अधिकारीको ‘रातो गलबन्दी’ रिलिजमा आएका हुन् । दुई अर्धबैशे पुरुषको कथा बोकेको कमेडी चलचित्र ‘न यता न उता’लाई मिराज रोशले निर्देशन गरेका हुन् ।
चलचित्र 'घर'की अभिनेत्री बेनिशा हमालले आफ्नो सामाजिक सञ्जालमा हट तस्बिर सार्वजनिक गरेकी छिन् । थाइल्यान्ड पुगेकी बेनिशाले ब्ल्याक टु पिसमा अनुहार छोपेको तस्बिर सेयर गरेकी थिइन् ।
निर्देशक-अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी ‘आदर्श जोडी सम्मान २०७६’बाट सम्मानित भएको छ ।
मिस्टर नेपाल २०१७का विजेता अक्षयजंग रायमाझी फिलिपिन्सको राजधानी मनिलामा यही अगस्ट ६ देखी आयोजना हुन लागेको मिस्टर वर्ल्ड २०१९मा सहभागी हुन हुने भएका छन् ।
नायिका वर्षा राउत यति बेला माल्दिभ्स पुगेकी छिन् । चलचित्र जात्रै जात्राबाट निकै चर्चा र सफलता पाएकी उनी अस्ट्रेलिया लगायत देश हरूमा चलचित्रको विशेष प्रदर्शनको लागी पुगेकी थिइन् ।
यति बेला बलिउड मिडिया करण जोहरको घरमा आयोजना गरिएको पार्टीमा कलाकारले ड्रग्स लिएको भन्ने कुराले तातेको छ । पार्टीमा आफ्नो घर पुगेका कलाकारको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका करण जोहरको भिडियो भाइरल भइरहेको छ ।