2083 श्रावण 24, आईतबार

‘तेल भिसा’को ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक

मंसिर ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मुख्य अभिनेता विपिन कार्की, पूजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् ।

‘रंगी’मा मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ अनुबन्धित 

सलोन सलिना फिल्मस् प्रा लिको ब्यानरमा निर्माण हुने चलचित्र ‘रंगी’ मा ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ ।

ट्रेन्डिङ्ग २ मा '१२ गाउँ'को गीत 'सिनेमा हेर्न जाउँ'

चलचित्र ‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भए सँगै चर्चामा आएको छ । सार्वजनिक भएको केही घण्टामा नै गीत ले ट्रेन्डिङ्ग यात्रा सुरु गरिसकेको थियो भने गीत अहिले ट्रेन्डिङ्ग २ मा रहेको छ ।

कलेज पुग्दै 'खुश्मा'ले दियो प्रचारलाई तिब्रता, जोडीको प्रशंसा 

असोज ३ गते देखी प्रदर्शनमा आउने चलचित्र ' खुश्मा'ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । प्रचार कै क्रममा चलचित्रका मुख्य पात्रमा रहेका धिरज मगर र उपासना सिंह ठकुरीले कलेज पुगेर युवाहरू सङ्ग अन्तरक्रिया गरेका छन् ।

'रावायण'का 'आलम' भन्छन् 'अर्थपूर्ण पात्र भए सिन गनीराख्नु पर्दैन' 

कलाकार प्रमोद अग्रहरी यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक सुदर्शन थापा निर्देशित यो चलचित्रमा सुदर्शनसँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो ।

फर्स्टलुक पोस्टरसँगै  ‘कार्साङ्’को रिलिज डेट सार्वजनिक

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै रिलिज डेट पनि सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखु छन् ।

गीत 'छड्के सलाम'मा कभर भिडियो प्रतियोगिता, उत्कृष्ट भिडियो चलचित्रमै

चलचित्र 'बेहुली फ्रम मेघौली'को गीत 'छड्के सलाम'मा कभर भिडियो प्रतियोगिता आयोजना गरिएको छ । प्राप्त हुने मध्य बाट उत्कृष्ट एक भिडियोलाई चलचित्रमा समावेश गर्ने निर्माणपक्षले जनाएको छ ।

समीक्षा र सज्जाको स्वरमा ‘देवी’को अडियो गीत ‘सेलाइदेऊ खोलामा’

चलचित्र ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बोलको अडियो गीत सार्वजनिक गरिएको छ । सुशान्त गौतमको सङ्गीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना रहेको  गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ ।

‘पूर्ण बहादुरको सारङ्गी’को अफिसियल फर्स्ट लुक पोस्टर सार्वजनिक

कात्तिक १५ गते (लक्ष्मीपूजा)लाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अफिसियल फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । 

‘एक्टर’को दोस्रो थिम पोस्टर सार्वजनिक, घायल छन् प्रदिप

चलचित्र ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्कालाई लामो कपालमा अनुहार भरी घाउचोट लागेको अवस्थामा देख्न सकिन्छ ।