2083 श्रावण 25, सोमबार

अरुणको मुख्य भूमिका रहने गरी 'हन्टर'को निर्माण घोषणा

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र 'हन्टर' निर्माणको घोषणा गरिएको छ । चलचित्रको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन्

सौगात मल्ल अभिनीत 'बम बहादुर' कार्तिक ३० गते रिलिज हुने

अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ।

'खुस्मा'को दोस्रो गीत 'रुकुम मैकोट' सार्वजनिक

असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'खुस्मा'को दोस्रो गीत 'रुकुम मैकोट' सार्वजनिक भएको छ । एसडी योगीको सङ्गीत तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा सङ्गीतकार योगी र शान्ति श्री परियारको स्वर रहेको छ ।  

पल र मलिका अभिनीत 'राधा पियारी' सार्वजनिक 

लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियो 'राधा पियारी' सार्वजनिक भएको छ।

चलचित्र ‘देवी’को शीर्ष गीत सार्वजनिक

तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेत्री शिल्पा मास्के मात्रै फिचर्ड छिन् ।

चलचित्र 'नरसिंहाः अवतार'मा राज कटुवाल अनुबन्धित

एक्सन तथा सोसल ड्रामा चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। चलचित्रमा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रवार अनुबन्धित भएका हुन् । 

'लाज शरणम्'मा कक्रोजको इन्ट्री

चलचित्र 'लाज शरणम्'को प्रि–प्रोडक्सनको काम सङ्गै कलाकार पनि छनोट भईरहेका छन् । यसैबिच चलचित्रमा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो ।

ट्रेन्डिङ्ग १ मा 'रावायण' को ट्रेलर  

भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’को बिहीबार सार्वजनिक ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । ट्रेलर सार्वजनिक भएका १९ घण्टामा १० लाख ६३ हजार ३ सय ६० बढी दर्शकले ट्रेलर हेरिसकेका छन् ।

२२ दिनमा सकियो 'कार्साङ'को छायाङ्कन

चलचित्र 'कार्साङ'को छायाङ्कन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको चलचित्रको छायाङ्कन २२ दिन लगाएर पुरा भएको हो ।

पोखरामा 'नेपाल फेशनिस्टा २०२४' भव्य रूपमा सम्पन्न  

एस्याप इन्टरटेन्मेन्टको आयोजनामा 'नेपाल फेशनिस्टा २०२४' भव्य रूपमा सम्पन्न भएको छ । अगस्ट १७ मा पोखराको टीका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।