भारतीय टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘सञ्जु’ले बक्स अफिसमा हंगामा मच्चाइरहेको छ । भारतमा मात्र नभई विश्वका विभिन्न देशहरूमा सञ्जुले राम्रो कमाई गरेको छ । चलचित्र सञ्जु अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र हो । चलचित्रमा सञ्जयको भूमिका बलिउड अभिनेता रणबीर कपुरले निर्वाह गरेका छन् ।
सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरिका बस्ने नेपालीहरूकै कथा समेटिएको छ भने चलचित्रमा अमेरिकामा मै रहँदै आएका नेपाली कलाकारहरूलाई अभिनय रहेको छ । चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्।
जुनसुकै भूमिकामा फिट हुने कलाकार हुन् दयाहाङ राई । 'लुट' मा 'गोफ्ले' को भूमिका निर्वाह गरेपछि रातारात चम्किएका उनी अहिलेका सबैभन्दा व्यस्त कलाकारको लिस्टमा दरिन्छन् । महंगा अभिनेताको सूचीमा पनि उनी अग्रणी देखिन्छन् ।
भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन खोजिएको छ ।
यही आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’ले चलचित्र प्रमोसनमा तीव्रता बढाएको छ । हाल चलचित्र युनिट चलचित्रको प्रमोसनको लागी मोफसल यात्रामा निस्किएको छ । शु
चलचित्र ‘कथा काठमाडौँ’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले पहिलो पोस्टर रिलिजसँगै चलचित्रको प्रदर्शन मिति तय गरेको छ । चलचित्र आउँदो असोज १२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ले यति बेला बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपुरले गरेका छन् ।
बलिउड अभिनेत्री सन्नी लीयोनीको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा, एक साधारण केटी जो सन्नी लीयोनी बन्नको लागी गरेको सङ्घर्ष देखाइएको छ । चलचित्रमा सन्नी स्वयमनै मुख्य भूमिकामा देखिएकी छिन् ।
आगामी भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’को पहिलो लुक सार्वजनिक भएको छ ।