गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ले यति बेला बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपुरले गरेका छन् ।
बलिउड अभिनेत्री सन्नी लीयोनीको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा, एक साधारण केटी जो सन्नी लीयोनी बन्नको लागी गरेको सङ्घर्ष देखाइएको छ । चलचित्रमा सन्नी स्वयमनै मुख्य भूमिकामा देखिएकी छिन् ।
आगामी भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’को पहिलो लुक सार्वजनिक भएको छ ।
तीन महिना लगातार छायाङ्कन भएको ऐतिहासिक नेपाली चलचित्र ’नालापानी’ सम्पादनमा पुगेको छ । नेपाली वीरताको गाथा तथा नेपाली सेनाको बहादुरीता विश्वले उच्च मूल्याङ्कन र प्रशंसा गरेको इतिहास बोकेको यो चलचित्र हाल बिजिबी इन्टरनेशनलमा धमाधम सम्पादन भैरहेको छ ।
गत महिना रिलिज भएको चलचित्र ‘वीर दी विडिइङ’को सिक्वेल बन्ने भएको छ । दर्शकबाट राम्रो प्रतिक्रियाको साथै व्यावसायिक हिसाबले राम्रो कमाई गरेको चलचित्रको सिक्वेल बन्ने भएको छ ।
श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘कहीँ कतै’का तीन अफिसियल पोस्टर रिलिज भएका छन् । पोस्टरमा नायक दिलीप रायमाझीको साथमा नव–कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमुख स्थान दिइएको छ भने एक पोस्टरमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ’बेबी’ गिरीलाई समेटिएको छ ।
आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ यति बेला मोफसल टुरमा छ । आफ्नो प्रचार प्रसारलाई तीव्र बनाऊ निर्माण युनिटले देशको विभिन्न सहरहरूमा कन्सर्ट आयोजना गरेको छ । टु
अभिनेता बिनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा चलचित्रका पात्र रोमियो र मुनाको बिछोडलाई देखाइएको छ ।
सिने नगरीमा पछिल्लो केही वर्ष यता निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको विवाहको निकै चर्चा हुने गरेको छ ।
गायक कमल खत्रीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'जाउला रेलैमा' , ' सधैँ भरि यसै गरी', 'आत्मामा' , 'कोरेर प्रेम पत्र' लगायतका हिट गीत दिएका खत्रीको नयाँ गीत 'आऊ मेरो अँगालोमा' सार्वजनिक भएको हो। शोभा अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ।