लामो समयको प्रतीक्षा पछि राजधानीका २० हलहरूमा बक्स अफिस प्रणाली सुरु भएको छ ।
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’ यही भदौ २२ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रको एक गीत सार्वजनिक भइसकेको छ ।
पछिल्लो समय चलचित्र मेकरहरु आफ्नो गीतसङ्गीतको विषयमा निकै चनाखो हुने गरेको पाइन्छ । गीतसङ्गीतकै कारण कतिपय चलचित्रहरू चलेको र हल सम्म दर्शक पुगेको उदाहरण पनि छ ।
चलचित्र ‘चि मुसी चि’को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि दुई गीत र ट्रेलर सार्वजनिक भइसकेको चलचित्रको नयाँ गीत सार्वजनिक भएको हो । सार्वजनिक ‘आऊ आज मायाको’ बोलको गीतमा अलमोडा उप्रेतीकाे स्वर रहेको छ भने सुरज अधिकारीको शब्द तथा सङ्गीत रहेको छ ।
अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र ‘मालिका’को पहिलो गीत सार्वजनिक भएको छ । मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको थियो । सार्वजनिक ‘हल्का माया’ बोलको उक्त गीतमा सुरेश अधिकारीको सङ्गीत, नर
चलचित्र ‘झमक बहादुर’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि चलचित्रको टिजर सार्वजनिक हुँदा बलिउड चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप लागेको चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक भएको हो । कमेडीले भरिएको ट्रेलरमा पैसाको लागी एक बालिकाको अपहरण गरिएको देखाइएको छ । टे«लरमा अनुप विक्रम शाही फरक भूमिकामा प्रस्तुत भएका छन् ।
चलचित्र ‘साली कस्को भेनाको’ नयाँ गीत सार्वजनिक भएको छ । ‘माया तिमीलाई’ बोलको उक्त रोमान्टिक गीत काठमाडौँमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सार्वजनिक गरिएको थियो ।
अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बाँध मायाले’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा आर्यन र सृष्टि बिचको प्रेम, बिछोड, रोदन र एक्शनलाई देखाइएको छ । चलचित्रमा यी दुईको जोडी निकै लोभ लाग्दो देखाइएको छ ।
चलचित्र ‘छक्का पन्जा ३’ को गीतको छायाङ्कन सकिएको छ । बर्सातको बाबजुद करिब एक साता लगाएर चलचित्रको सम्पूर्ण छायाङ्कन शनिवार सकिएको हो ।
नायिका अलिशा शर्माको हट नृत्यले नारायणगढ तातेको छ । शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी हजारौँ दर्शकलाई अलिशाको नृत्यले गर्मी बनाएको थियो ।चलचित्र प्रचारको लागि देश दौडाहामा निस्किएको ’चि मुसी चि’ टीमले पूर्वी नेपालका केहि शहरहरुमा कन्सर्ट