2083 अश्विन 17, शनिबार

चर्चित कमेडियन सुनिल ग्रोबर नेपालमा

भारतका चर्चित कमेडियन सुनिल ग्रोबर नेपाल आइपुगेका छन् । उनी नयाँ वर्ष २०१८ मा आयोजना हुन लागेको ’’कर्पोरेट सो’’को लागी उनी नेपाल आएका हुन् । कार्यक्रम आज जनवरी ५ मा पाँचतारे होटेलमा आयोजना हुँदै छ ।

माघमा आउने तयारीमा 'शेरबहादुर' 

नेपाली चलचित्र 'शेरबहादुर'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । सन्की मान्छेको कथामा निर्माण भएको चलचित्र अब माघ १९ गते प्रदर्शन हुने भएको छ । शेरबहादुरमा निडर, सन्की र बलियो र आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाउने व्यक्तिको कथा रहेको छ ।

 नयाँ फिल्मको लागी पूजाको मेहनत, भन्छिन् 'कोशिस जारी छ'

बलिउड र हलिउडमा जस्तै नेपालमा पनि पछिल्लो समय कलाकारहरू आफ्नो भूमिकालाई जबरजस्त बनाउनको लागी मेहनत गर्न थालेका छन् । यति बेला अभिनेत्री पूजा शर्मा आफ्नो भूमिकाको लागी मेहनत गरिरहेकी छिन् । पूजाले चलचित्रको लागी करिब ३ हप्ता देखि जिमा र जुम्बामा आफ्नो दिन बिताएको बताएकी छिन् ।

गायक दिपेन्द्र सुनारको ‘काठमाडौँ’

गायक दिपेन्द्र सुनारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘काठमाडौँ’ बोलको म्युजिक भिडियो हालै युट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा गायक सुनारको नै शब्द संगीत रहेको छ ।

'पिंकु मिसको जवानीले बबाल भयो' भन्दै नाचिन् रेखा 

अभिनेत्री रेखा थापाको आइटम डान्स रहेको नयाँ गीत सार्वजनिक भएको छ । आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र राज्जा रानीको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुस् लालपुर्जाको दोस्रो ट्रेलर (ट्रेलर सहित)

चलचित्र ‘लालपुर्जा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको चलचित्रमा भाइ–भाइ बिचको झगडा र मितेरी गाँउको कथा बोलेको निर्माण पक्षले जनाएको छ ।

शनिवारबाट राजधानीमा बृहत् पुस्तक प्रदर्शनी

डिकुरा पब्लिकेसनले भृकुटीमण्डपमा २२ पुस अर्थात् शनिवारबाट ‘१२ औँ बृहत् पुस्तक प्रदर्शनी’ आयोजना गर्दैछ । २१ पुस अर्थात् आज शुक्रवारबाट आयोजना गर्ने भनिएको मेला प्राविधिक कारणले एक दिन ढिलो भएको आयोजकले जनाएको छ । 

सकारात्मक प्रतिक्रिया सहित 'राज्जा-रानी'को प्रिमियर सो सम्पन्न  

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र राज्जा रानीले प्रिमियर सो सम्पन्न गरेको छ । बुधवार राजधानीको राइजिङ मल स्थिित क्युज् सिनेमामा चलचित्रको प्रिमियर सो सम्पन्न गरिएको हो ।

'कान्छी' श्वेतासँग रोमान्टिक बनेका दयाहाङ

चलचित्र कान्छीको दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । राजधानीमा बिहीबार पत्रकार जमघट गरी अभिनेत्री तथा निर्मात्री समेत रहेकी श्वेता खड्काले चलचित्रको दोस्रो गीत रिजि गरेकी हुन् ।

हेर्नुस् यस्तो छ ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर

चलचित्र ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनि गरिएको छ । माघ १२ गते प्रदर्शन हुन लागेको यो चलचित्रकोे ट्रेलरमा कलाकार नरेन खड्का, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट मर्हजन फिचर छन् ।