अभिनेत्री श्वेत खड्काको निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ले सोल रिलिज पाएको छ । माघ २६ गते प्रदर्शन हुने भनिएको चलचित्र ‘कान्छी’ले रिलिज डेट पोसपोण्ड गरेर फागुन ४ गते सारेको थियो । यता निर्माता छविराज ओझाको चलचित्र ‘मंगलम’ पनि सोही मितिमा प्रदर्शन हुने भनिएको थियो ।
लामो समयसम्म प्रेममा रहेका नायक संजोग कोइराला र नायिका वर्षा राउतले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । ‘एउटा यस्तो प्रेम कहानी’ नाम रहेको चलचित्रमा वर्षा र संजोगको जोडी रहने बताइएको छ । चलचित्रलाई नेपाली सिने जगताक ‘ठूल्दाई’ अभिनेता शिव श्रेष्ठले निर्माण गर्ने लागेको हुन् ।
बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘परी’को टिजर सार्वजनिक भएको छ । हालै युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा अनुष्कालाई भयानक रूपमा प्रस्तुत गरिएको छ ।
केही समय अघिमा दुबईमा ‘म्युजिक भिडियो अवार्ड’ सम्पन्न गरेको संगिक्षा फिल्मस्ले कतारमा ‘सुपरस्टार नाइट’ आयोजना गर्ने भएको छ । मार्च ८ र ९मा दर्जन बढी कलाकारलाई लिएर कतारस्थित दुई सहरमा कार्यक्रम आयोजना गर्ने लागेको हो ।
यही आउँदो माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पिँजडा ब्याक अगेन’ जापानमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षको अनुसार चलचित्र नेपालमा रिलिज भएको १० दिनपछि जापानमा प्रदर्शन हुने भएको हो ।
गायक सन्जीत श्रेष्ठ र छेवाङ लामाको नयाँ कभर म्युजिक भिडियो सार्वजनिक भएको छ । 'रेलै मै चढी' म्युजिक भिडियो हालै युट्युबमार्फत सार्वजनिक भएको हो ।
माघ १२ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘ह्याप्पी डेज’ले बलिउड चलचित्रको कारण प्रदर्शन मिति पछि सारेको । ‘ह्याप्पी डेज’ रिलिज हुने मितिमा बलिउडका दुई ठुला चलचित्र प्रदर्शन हुने भएसँगै निर्माण पक्षले हालको लागी प्रदर्शन मिति स्थगित गरेको हो ।
चलचित्र ‘कायरा’ छायाङ्कनको लागी अभिनेता आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । आफ्नै होम प्रोडक्सनबाट निर्माण हुन लागेको ‘कायरा’लाई लिएर टिम सहित सोमबार राती चलचित्र युनिट फिलिपिन्स उडेको हो । श्रीमान् र टिमलाई बिदाइ गर्न श्रीमती सपना भण्डारी एयरपोर्ट पुगेकी थिइन् ।
केही समय अघिमत्र विवाह बन्धनमा बाँधिएका नायिका अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको विवाहको चर्चा नसकिदैँ अर्की अभिनेत्री सोनम कपूरको विवाहको खबर बाहिरिएको छ ।
धर्ती आकाश नामक सिनेमा मार्फत सापट ब्वाईको रूपमा करियर सुरु गरी लाइट म्यान हुँदै मेकअप आर्टिष्ट बनेका वरिष्ठ मेकअप आर्टिष्ट इन्द्र लामा हाल किड्नीको समस्याले थालिएका छन् । विगत चार दशक देखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील उनले राजमती, आमा, पन्छी, सडक,मितिनी, मुनामदन,बसन्ती, यो पागल मन जस्ता सयौँ