चलचित्र ‘नेप्टे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुपारी काँचो’ बोलको गीत सोमबार काठमाडौँमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको हो । गीतमा भानुभक्त ढकालको शब्द, ओम सुनारको सङ्गीत र सावित्री जोशीरओम सुनारको स्वर रहेको छ ।
बलिउडमा राज गरेका तीन खान अर्थात् सलमान खान, अमर खान र शाहरुख खानको नाम अगाडी आउँछ । हरेक वर्ष सुपरहिट चलचित्र दिएका यी अभिनेताहरूसँग काम गर्न प्राय अभिनेत्रीहरू लालयित हुने गर्दछन् । तर बलिउडका यस्ता केही अभिनेत्रीहरू छन् जसले तीन खानसँग काम गर्ने नाई शब्दको उच्चारण गरेका थिए ।
हालै युरोपको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्र ‘होलिडे’को केही रमाइलो तस्बिरहरू सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नगरीको चलचित्रको निर्माण पक्षले भने प्रचारप्रसारको सुरुवात गरेको हो ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’लाई दर्शकको राम्रो साथ पाएको छ । पहिलो सो सुखद ओपनिङ गरेको चलचित्रले शुक्रवार ७० प्रतिशत अकुपेन्सी रहेको र शनिवार ९० प्रतिशत अकुपेन्सी रहेको चलचित्र वितरक गोविन्द शाहीले जानकारी दिए ।
अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शन नहुँदै ‘कोहलपुर एक्सप्रेस २’ निर्माण गर्ने घोषणा गरेकी छिन् । शनिवार राजधानीमा निर्देशब विशाल भण्डारीको जन्मदिन मनाउँदै उनले सप्राइज दिएकी हुन् ।
दर्जनौँ म्युजिक भिडियोमा काम गर्दै पछिल्लो समय चलचित्रमा समेत स्थान बनाएका नायक पल शाहको नेपालमा गज्जबको फ्यान फलोइङ छ । नेपाल भन्दा बाहिर पलको उस्तै क्रेज रहेको देख्न सकिन्छ ।
चलचित्र ‘साली कसको भेनाको’ निर्माण हुने भएको छ । भद्र भुजेलको निर्देशनमा प्रसाद श्रेष्ठले चलचित्र निर्माण गर्ने भएका हुन् । यस अघि श्रेष्ठले कर्जा, कान्छी, सन्तान जस्ता चलचित्रको निर्माण गरिसकेका छन् ।
चलचित्र ‘पण्डित बाजेको लाैरी’ निर्माण हुने भएको छ । पण्डित्याइँ गर्ने पण्डितहरूको कथामा बन्न लागेको चलचित्रको आइतबार औपचारिक घोषणा गरिएको छ ।
हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिस साम्राज्यविरुद्द नेपालले युद्ध लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नुपरेको थियो ।
पछिल्लो केही समययता नेपाली चलचित्रको बजार बिस्तार भइरहेको छ । राम्रो चलचित्र बनाउने हो भने करोडौ कमाउन सकिन्छ भन्ने उदाहरण पछिल्ला केही चलचित्रले दिइसकेका छन् । अचेल चलचित्र मेकर हलबाट भन्दा पनि ओभरसिज र डिजिटल राइट्सबाट आफ्नो लगानी उठाउन थालिसकेका छन् ।