चलचित्र ‘शत्रु गते’मा समावेश भएको ‘रूपै मोहनी’ले छोटो समयमा ५० लाख भ्यु कमाएको छ । युवट्युमा करिब तीन साता अघि अपलोड गरिएको भिडियोलाई महिना दिन नपुग्दै ५० लाखले हेरेका हुन् ।
अवकाश प्राप्त भएको एक आर्मीको कथामा बनेको चलचित्र ‘शेर बहादुर’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुनिल थापा, कर्म शाक्य, मेनुका प्रधान र रविन्द्र झा फिचरिङ छन् ।
चलचित्र नगरीमा चलेको अनि जमेको नाम हो निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का । सन् २०१६ मा विवाह बन्धनमा बाँधिएसँगै यी दुईको चर्चा अझ बढी भयो । बिशेषत युवामाझ योे जोडीलाई ‘राष्ट्रिय दाइ–भाइजु’ भन्ने गरिन्छ । निर्देशक निश्चल बस्नेतले चलचित्र ‘लुट’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरेका हुन् भ
चर्चित रियालिटी सो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो ।
पछिल्लो समय नेपाली बक्सअफिसमा हलिउड चलचित्रको व्यापार राम्रो हुँदै गएको छ । डाउने जोन्सन स्टारर एक्सन, एड्भेन्चर र कमेडी ड्रामा ‘जुमान्जी ः वेलकम टु द जङ्गल’ उत्साहजनक समीक्षा र राम्रो अकुपेन्सीसहित चौंथो सातामा प्रदर्शन भइरहेको छ ।
गायक साशन कंडेलको नयाँ गीत 'मेरो आशा'को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा विकास भुजेलको शब्द तथा सङ्गीत रहेको छ भने एरेन्ज विनय केटुले गरेका हुन् ।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को फस्टलुक सार्वजनिक गरिएको छ । शुक्रवार कोरियोग्राफर रेनषा बान्तवा राईको डेव्यु निर्देशकिय चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को पहिलो लुक सार्वजनिक गरिएको हो ।
हास्य कलाकार किशोर भण्डारी उर्फ डिट्ठा साबले चलचित्र निर्देशन गर्ने भएका छन् । बुधवार मण्डला नाटक घरमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।
चलचित्रमा उनी अभिनेता इरफान खानसँग स्किृन सेयर गर्न लागेकी हुन् । यस अघि यी दुईले पिकु चलचित्रमा एकसाथ काम गरिसकेका छन् । भारतीय मिडिया अनुसार चलचित्रलाई विशाल भारद्धाजले निर्देशन गर्दै छन् ।
चलचित्रलाई राकेश रोशनले निर्देशन गरेका हुन् । बलिउड बक्स अफिसमा धमाका मचाएको यी चलचित्रको चौथो भाग हो क्रिस ४ । चलचित्रमा ऋतिकले अभिनेत्री प्रियंका चोपडा, प्रीति जिन्टा र कंगाना रनाउतले रोमान्स गरिसकेका छन् । तर अब क्रिस ४ मा को अभिनेत्री हुनेछिन् भनेर निर्माण पक्षले खुलाएको छैन ।