अभिनेत्री पूजा शर्माले निर्माण गर्न लागेको दोस्रो चलचित्रमा केही दिन अघि उनले कलाकार केदार घिमिरे उर्फ माग्ने बुढालाई अनुबन्धित गरेकी थिइन् । नयाँ चलचित्रमा पूजाले माग्नेलाई १० लाख पारिश्रमिक दिएको विषयले मिडियामा राम्रै चर्चा पायो ।
नेपाली कथानक चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । पुरानो सिनामगंलका युवाहरूले सत्य घटनालाई पर्दामा उठाउँदै ‘नेप्कीन’ नाम दिएर यो चलचित्र निर्माण गरेका हुन् ।
ती सिनेकर्मीको हुलमा बरुण धवन पनि थपिएका छन् l हाल बरुण बाबु डेबिडको घर छाडेर आफ्नै घरमा बस्न थालेको खबर भारतीय मिडियाले बताएको छ l केही समय अघिदेखि मुम्बईमा घर खोजिरहेका बरुण हाल आफ्नी प्रेमीका नताशा दलालसँग समय बिताउने गरेका छन् ।
आज शुक्रबार चलचित्र हेर्ने सोच्दै हुनुहुन्छ भने आजबाट दुई आशा गरिएको चलचित्र प्रदर्शनमा आएका छन् । जसमा रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित चलचित्र ‘बटरफ्लाई’ रहेको छ ।
चलचित्र ‘ब्लाईन्ड रक्स’को पहिलो गीत सार्वजनिक भएको छ । फागुन १८ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्रको पहिलो गीत ‘उड्यो मन’ बिहीबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
बलिउड अभिनेता अजय देब्गन आगामी चलचित्रमा देखिने भएका छन् । चलचित्रको नाम हो 'टोटल धमाल' । अजयले गत सोमबार ट्वीटरमा भोलि सुरु हुदैछ 'टोटल धमाल' भनेर ट्वीट गरेका थिए । चलचित्रलाई अशोक ठाकरिया र अजय मिलकरले संयुक्त रूपमा निर्माण गर्ने भएका हुन् ।
बलिउड अभिनेता सलमान खान नेपाल आउने समाचार केही दिन अघि बाहिरिएको थियो । नेपालमा सलमानलाई रुचाउनेको ठुलो जमात छ । कतिले सलमान आउने कुरा झुठो भएको समेत बताएका थिए ।
आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको संवाद र कलाकारको अभिनयले प्रशंसा पाएको छ ।
नेपाल आइडलका तीन प्रतियोगी सागर आले, सुरज थापा र राहुल विश्वासको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ l लामो समयको मेहनत पश्चात् 'गोरीVSगोर्खे'बोलको लिरिकल भिडियो बजारमा आएको हो ।
पुस २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’को प्रिमियर हङकङमा हुने भएको छ । आउँदो आइतबार (जनवरी १४)मा मृगौला पीडित दिलुमाया गुरुङको सहयोगार्थ हङकङमा विशेष सो हुने भएको हो ।