चलचित्र दोषी को? को पहिलो गीत सार्वजनिक भएको छ । मङ्गलवार चलचित्रमा समावेश भएको शिरफूल शिरैमा बोलको गीत सार्वजनिक गरिएको हो । निमा लामा तामाङको निर्देशनमा बनेको चलचित्रको सो गीत मेलिना राईले गाएकी हुन् ।
अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको दोस्रो चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । सुदर्शन थापाको निर्देशन रहने चलचित्रलाई निर्देशक थापा र अभिनेत्री शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । यस अघि यी दुईले ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए ।
बलिउड अभिनेता अक्षय कुमार अभिनित नयाँ चलचित्र ‘केशरी’को लुक्स आउट भएको छ । पहेँलो रङको पगडी र लामो दारीमा अक्षयलाई प्रस्तुत गरिएको छ । ‘केशरी’ १८९७ मा एक ब्रिटिस भारतीय सेना र अफगान सेनाको लडाँईमा आधारित सत्य कथा हो ।
बलिउडमा होस या हलिउडमा होस दुवैनमा आफ्नो चर्चा बटुल्न सफल अभिनेत्री हुन् -दिपिकी पादुकोण । एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा पनि दिपिका परिचित छिन् ।
यही पौष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’ले केही समय अघि कभर भिडियो प्रतिष्प्रर्धाको आयोजना गरेको थियो । चलचित्रमा समावेश भएको ‘ओखती’ बोलको गीतको कभर भिडियो प्रतिस्पर्धाका उत्कृष्ट तीन भिडियो छनोट गरेको छ ।
बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीले यति बेला भारतीय मिडियामा हंगामा मचाएको छ । केही दिन अघि भारतका अन्तर राज्य गिरोहका नाइके भनेर परिचित लरेन्स बिश्रोईले बिहीबार जोधपुर स्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएको थिए ।
बफिन्स ९८ समूहको नयाँ गीत अन्जानैमा बसेछ माया शीर्षकको भिडियो सार्वजनिक भएको छ । कुनैबेलाका राजा रानी र उनीहरूको भडकिएको आत्मा माथि यो भिडियोको कथा एउटा दरबार भित्रनै सक्ने गरी बुनिएको छ ।
पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् -प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् । उनी अभिनित यस बर्षमात्र आधा दर्जन चलचित्रहरू प्रदर्शनमा आइसकेका छन् भने केही चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । केही दिन अघिमात्र चलचित्र 'लिलिबिलि'को छायाङ्कन सकिएर उनी हाल नेपालम
चलचित्र 'रोमियो एण्ड मुना'को नयाँ पोस्टर सार्वजनिक भएको छ । फागुन ११ गते प्रदर्शनमा आउन लागेका चलचत्रको नयाँ पोस्टरमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ प्रस्तुत छन् ।
बेलाबेला नायिकाहरूको पहिरन र उनीहरूको शरिरिक बनावटले सञ्चार माध्यम तताउने गर्दछ । यति बेला भने भर्खर मात्र आमा बनेकी बलिउडकी चर्चित नायिका करीना कपुरको विकिनी अवतारले सञ्चार माध्यम र सामाजिक संजालामा हंगामा मच्चाइरहेको छ ।