द म्यान फ्रम काठमाण्डूको नेपाल छायांकन समाप्त भएको छ । बाँकी छायांकन हलिउड नगरी लस एन्जल्समा हुुने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नायक प्रदीप खड्का र नायिका पूजा शर्माको करियरमा चलचित्र प्रेमगीत ट्रनिङ पोन्ट बन्यो । पहिलो पटक एकसाथ काम गरेका प्रदीप र पूजालाई दर्शकले निकै रुचाए । त्यसै कारण २०७२ सालको सुपरहिट चलचित्र बन्यो प्रेमगीत । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेनले निर्माण गरेका हुन् ।
बलिउडका चर्चित कलाकार सलामान खान र कैट्रीना कैफ आउने खबरले नेपाली रजतपटमा एक खालको हलचल मच्चाइरहेको छ । यसै बिचमा फेरी भारतका नामी कमेडियन सुनिल ग्रबर पनि नेपाल आउने खबर आएको छ ।
बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा यस वर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन् ।
अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित चलचित्र लाउरेले प्रदर्शन मिति तय गरेको छ । चलचित्र आगामी वैशाख २८ गते प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्मस्ले जनाएको छ । विक्रमसिंह थारुको निर्देशनमा तयार भएको चलचित्रलाई सुनिल रावल, ईश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन् ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोस्रो पटक पनि बेलायतले भिसा दिन अस्वीकार गरेका छ । निर्देशक रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जानु पर्ने सामा्रज्ञीलाई दोस्रो पटक भिसा एप्लाई गर्दापनि नदिएको हो ।
चलचित्र ‘ए सोल्टिनी’को पोष्टर, गीत र ट्रेलर सार्वजनिक गरिएको छ । निमा लामाको निर्देशन र दिलकुमार घलानको निर्माण रहेको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
नेपाली चलचित्र ‘उल्झन’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तिन कलाकार फिचर्ड छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा चलचित्र निर्माण युनिटले पहिलो पोस्टर सार्वजनिक गरेको हो । चलचित्र उल्झनमा अभिनेत्री रजनी केसी, धुव्र दत्त, बेनी ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ ।
बलिउड अभिनेता शाहरुख खान अभिनित आगामी चलचित्र 'जिरो'का टिजर सार्वजनिक भएको छ । चलचित्रमा शाहरुख होचा व्यक्तिको भूमिकामा देखिएका छन् ।
नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखरमा पुगेका अनमोल केसी एक मात्र यस्तो भाग्यमानी अभिनेता हुन् जसले आफ्नो पहिलो चलचित्र प्रदर्शन हुनु अगावै एक किसिमको उचाइ प्राप्त गरी सकेका थिए । बाबु 'भुबन केसी'ले निर्माण गरेको चलचित्र “साथी म तिम्रो” मा अतिथि भूमिका निर्वाह गरेका उनको नायकको रूपमा