गायक राजेश केसी र मेलिना राईको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक भएको ‘नानी ज्यान’ बोलको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्पल खड्का फिचरिङ छन् ।
चलचित्र ‘गाँजाबाजा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ह्पाप्पी ह्याप्पी मूड’ बोलको गीत बुधवार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गतिमा निख एण्ड जटाको सङ्गीत र जटावेदा बेनर्जीको स्वर रहेको छ ।
दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भयो । लामो समयसम्म ट्रेन्डिङमा बसेको उक्त ट्रेलरलाई हाल सम्म साढे १५ लाख बढीले हेरिसकेका छन् ।
अलि अब्बास जफरको निर्देशनमा तयार भएको चलचित्र ‘टाइगर जिन्दा हे’ले यति बेला सिनेमा हलमा धमाका मचाइरहेको छ । चलचित्रले पहिलो चार दिनमा १५० करोड भारुको कमाई गरिसकेको भारतीय मिडियाले जनाएको छ ।
चलचित्र ‘लुट’बाट एकाएक चर्चामा आएका अभिनेता –दयाहाङ राई यति बेला एकपछि अर्को चलचित्रमा व्यस्त छन्। अभिनयकै कारण वाहवाही पाएका दया यदाकदा उनले खेलेका चलचित्रले व्यावसायिक सफलता हात नपारेका कारण उतिनै आलोचित पनि छन्।
चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत चलचित्रकाे रोमान्टिक गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर रहेकाे छ ।
भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीले भोग्नु परेको पीडा र कष्टलाई देखाउने नाटक ‘हरियो ढुङ्गा’ यति बेला बत्तीसपुतीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेकाे छ ।
पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र ‘अनुराग’बाट नव–नायक समुन्द्र पण्डितले सिने नगरीमा पाइला चाल्दै छन् । निर्माण घोषणा भएसँगै चर्चामा रहेको यो चलचित्रको अझ बढी नायकहरुको कारण चर्चा भयो ।
यही पौष २१ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘राज्जा रानी’को मैथिली भाषामा ट्रेलर सार्वजनिक भएको छ । बिशेषत तराईका दर्शकलाई लक्षित गर्दै मैथिली भाषामा पनि चलचित्र डबिङ गरिएको हो ।
नेपाली चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार युट्युब मार्फत निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको ट्रेलरमा लण्डन जान चाहने युवक बनेका दयाहाङ र त्यसबिचमा प्रियंकासँगको प्रेमलाई समावेश गरिएको छ ।