अलि अब्बास जफरको निर्देशनमा तयार भएको चलचित्र ‘टाइगर जिन्दा हे’ले यति बेला सिनेमा हलमा धमाका मचाइरहेको छ । चलचित्रले पहिलो चार दिनमा १५० करोड भारुको कमाई गरिसकेको भारतीय मिडियाले जनाएको छ ।
चलचित्र ‘लुट’बाट एकाएक चर्चामा आएका अभिनेता –दयाहाङ राई यति बेला एकपछि अर्को चलचित्रमा व्यस्त छन्। अभिनयकै कारण वाहवाही पाएका दया यदाकदा उनले खेलेका चलचित्रले व्यावसायिक सफलता हात नपारेका कारण उतिनै आलोचित पनि छन्।
चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत चलचित्रकाे रोमान्टिक गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर रहेकाे छ ।
भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीले भोग्नु परेको पीडा र कष्टलाई देखाउने नाटक ‘हरियो ढुङ्गा’ यति बेला बत्तीसपुतीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेकाे छ ।
पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र ‘अनुराग’बाट नव–नायक समुन्द्र पण्डितले सिने नगरीमा पाइला चाल्दै छन् । निर्माण घोषणा भएसँगै चर्चामा रहेको यो चलचित्रको अझ बढी नायकहरुको कारण चर्चा भयो ।
यही पौष २१ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘राज्जा रानी’को मैथिली भाषामा ट्रेलर सार्वजनिक भएको छ । बिशेषत तराईका दर्शकलाई लक्षित गर्दै मैथिली भाषामा पनि चलचित्र डबिङ गरिएको हो ।
नेपाली चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार युट्युब मार्फत निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको ट्रेलरमा लण्डन जान चाहने युवक बनेका दयाहाङ र त्यसबिचमा प्रियंकासँगको प्रेमलाई समावेश गरिएको छ ।
चलचित्र फिर्केको नयाँ गीत सार्वजनिक भएको छ । ‘सानी सानी’ बोलको रोमान्टिक गीत निर्माण पक्षले आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा विश्व नेपाली र जुना प्रसाईँको स्वर रहेको छ भने रामशरण नेपालीको शब्द र गायक नेपालीको नै सङ्गीत रहेको छ ।
बलिउड अभिनेत्री काजोल अब गायिका बन्ने भएकी छिन् । निर्देशक प्रदिप सरकारको नयाँ चलचित्र ‘एला’मा काजोलले अभिनयको साथमा गीत पनि गाउने भारतीय मिडियाले जनाएको छ ।
अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘हिरो रिटर्न्स’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण भएको लामो समय पछि निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । चलचित्र आउँदो नयाँ वर्ष वैशाख २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई आशिष् भेटवालले निर्देशन गरेका हुन् ।