नेपाली चलचित्र ‘रेस’को नयाँ गीत सार्वजनिक भएको छ । ‘बाइ पिर माया..’बोलको उक्त गीत मङ्गलवार साझ युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा संजित तामाङ र ममिला लामाको स्वर रहेको छ भने संजित तामाङको शब्द तथा सङ्गीत रहेको छ ।
गायक सन्तोष कालिकोटेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छटपटी’ बोलको म्युजिक भिडियो मङ्गलवार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा डम्बर हिंगमांगको शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन् ।
बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित चलचित्र ‘हिच्ची’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पटक–पटक बाडुल्की लाग्ने युवती जो शिक्षिका बन्ने चाहना राख्छे उक्त भूमिकामा रानीलाई देखाइएको छ । रानी अभितिन पछिल्लो चलचित्र ‘मर्दानी’ केही समय अघि रिलिज भएको थियो ।
चलचित्र ‘स्वर्ग मेरो गाउँ’ले प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र अब माघ १२ गते प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएका छन् । रामकृष्ण बजगाइँको निर्माण तथा निर्देशन रहेको चलचित्रमा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ
पछिल्लो केही समययता बलिउडमा केही कलाकर्मीहरु विवादमा परिरहेका छन् । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको विरोध कम नहुँदै यति बेला बलिउड अभिनेत्री सन्नी लियोनी विवादमा आएकी छिन् ।
नेपाली चलचित्र ब्याड ब्वाईले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र यही पौष ७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । बरुण अधिकारीको निर्देशन रहेको एक्सन प्रधान चलचित्रमा सामाजमा उत्पन्न भई रहेका विकृतिमा युवाहरूको भूमिकालाई प्रस्तुत गरिएको छ ।
चैत्र ९ गते प्रदर्शन गर्ने तयारी गरेको चलचित्र ‘शत्रु गते’को छायाङ्कन करिब करिब अन्तिम चरणमा पुगेको छ । निर्माण पक्षको अनुसार चलचित्रको ९० प्रतिशत छायाङ्कन सकिसकेको छ ।
चलचित्र विकास बोर्डको नव नियुक्त अध्यक्ष निकिता पौडेललाई चलचित्र सङ्घले स्वागत गरेको छ । सोमबार सङ्घको सभा कक्षमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गर्दै नव नियुक्त बोर्ड अध्यक्षलाई स्वागत गरेको हो ।
नेपाली चलचित्र ‘लम्फु’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब २०७५ वैशाख २८ गते रिलिज हुने भएको हो । छायाँकनको लागी लामो समय लागेको चलचित्र ‘लम्फु’मा नव–नायक कबिर खड्का, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको
अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठबिचको प्रेमसम्बन्ध कोही सामु लुक्न सकेको छैन । पछिल्लो केही समययता यी दुईले आफ्नो प्रेमसम्बन्ध स्वीकार गर्दै आइरहेका छन् ।